अव पिसिआर परीक्षण रु दुई हजारमा मात्र
काठमाडौँ, २८ भदौ ः सरकारले कोरोना भाइरसको पिसिआर परीक्षण शुल्क दुई हजार तोेकेको छ ।
मन्त्रालयले गरेको नियमित पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अव सवै प्रयोगशालाले पिसिआर परीक्षणको अधिकतम शुल्क रु दुई हजारमा मात्र तोकिएको बताए ।
सरकारी तथा निजी अस्पताल वा प्रयोगशाला सवैले घटेको शुल्कमा पिसिआर परीक्षण गराउनुपर्ने हुन्छ ।
उहाँले राष्टिय तथा अन्तराष्टिय बजारमा पिििसआर परीक्षणको शुल्क पुनरावलोकन गरिएकोले नेपालमा पनि शुल्क घटेको बताउनुभयो । बजारमा रिएजेन्ट र पिसिआरको अन्य सामान घटेको आधारमा परीक्षण शुल्क पनि घटाइएको उहाँले बताउनुभयो ।
यसअघि मन्त्रालयले पिसिआर परीक्षणको लागि रु चार हजार ४०० तोको थियो । त्षे भन्दा अघि पिसिआर परीक्षणका लागि मन्त्रालयले पाँच हजार ५०० शुल्क तोकेको थियो ।
नेपालमा पहिलो पटक पिसिआर परीक्षण गर्दा करिव १५ हजार खर्च लाग्ने गरेको थियो । नेपालमा दैनिक १० हजार जनाको पिसिआर परीक्षण हुँदै आएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्