Techie IT
शनिबार, जेठ १६,२०८३

काठमाडौंको कागेश्वरी मनोहरामा एक किशोरी बलात्कृत


काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ काँडाघारीकी १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।

बलात्कार आरोपमा सिन्धुलीको भिमान स्थायी घर भइ हाल कागेश्वरी मनहरा–७ स्थित काँडाघारी बस्ने ३१ वर्षीय डेविट भनिने सुशील खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

म्युजिक भिडियोमा खेलाउने भन्दै प्रलोभन देखाई किशोरीलाई गत मंगलबार खड्काले वीरेन्द्रचोकस्थित भेटघाट रेष्टुरेन्टमा बोलाई वियर खुवाएर लठ्याई
बलत्कार गरेको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र राठौरले जानकारी दिए।

पीडित युवतीले दिएको उजुरीका आधारमा खड्कालाई बिहीबार बिहान पक्राउ गरेर थप अनुसन्धान कार्य जारी रहेको उनले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #rape case


तपाईको कमेन्ट लेख्नुहोस्