कोरोना संग मिल्दो लक्षण देखिएका २ पुरुषको मृत्यु
धनुषामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना अस्पतालका सुरक्षा गार्ड र अर्का नेपाली कांग्रेसका नेता रहेका हुन।
धनुषाको मिथिला बिहारी नगरपालिका–५ घर भएका ४५ वर्षीय पुरुषलाई एक्कासी ज्वरो, रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
उनका अनुसार शवलाई स्वाब संकलनका लागी अस्पतालमै राखिएको छ। त्यस्तै मृत्यु हुने अर्का व्यक्तिमा धनुषाकै शहीद नगरपालिका–८ का ५० वर्षीय पुरुष हुन। उनको श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनको पनि स्वाब संकलनको लागी शव अस्पतालमै राखिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्