गुजरातमा कोरोनाका बिरामी राखिएको अस्पतालमा आगो लाग्दा ३ महिलासहित ८ जनाको मृत्यु
भारतमा कोरोनाका बिरामी राखिएको अस्पतालमा आगो लाग्दा ३ महिलासहित ८ जना बिरामीको ज्यान गएको छ ।गुजरातको अहमदाबाद शहरको नवरंगपुर इलाकाको अस्पतालमा आगो लाग्दा ३ महिलासहित ८ जना बिरामीको ज्यान गएको भारतिय संचारमाध्यमले बताएका छन् । राति ३ बजेतिर लागेको आगो एक घण्टामै निभाइए पनि ८ जनाको भने ज्यान गएको खबरमा उल्लेख छ ।
आगो लागेपछि त्यहाँ रहेका ४० जना बिरामीलाई एसपीवी अस्पताल सारिएको छ । उद्धारमा खटिएका सबैजनालाई क्वारेन्टीनमा राखिएको छ । मुख्यमन्त्री विजय रुपाणीले घटनाबारे तत्काल छानविन गर्न निर्देशन दिएका छन् । विद्युत सर्ट भएर आगो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत आगलागीको घटनाप्रति दुस्ख व्यक्त गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #आगलागी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्