Techie IT
शुक्रबार, वैशाख २६,२०८२

स्रोत नखुलेको लाखौं रकम सहित प्रमुख प्रशासकिय अधिकृत पक्राउ


श्रोत नखुलेको चौध लाख भन्दा बढी रकम सहित तुलसीपुर उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णकान्त उपाध्यायलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

श्रोत नखुलेको रकम साथमा लिई हिडेंको भन्ने गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उपाध्याय चढेको सरकारी गाडी बा २ झ। ४०९९ बाट उक्त रकम सहित उनलाई नियन्त्रणमा लिएको हो ।

उनलाई नागढुङामा रोकी चेकजाँच गर्दा साथबाट केहि नगद, फिक्स डिपोजिट तथा बैंक डिपोजिट रसिदहरू गरी कुल चौध लाख अठचालीस हजार सहित नागढुङाबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #स्रोत नखुलेको लाखौं रकम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:16 am6:43 pm +0545