Techie IT
आईतबार, माघ १३,२०८१

खड्काको अध्यक्षतामा संखुवासभामा नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघ गठन


संखुवासभामा नेपाल केम्पो खुकुरी मार्शल आर्ट्श संघ गठन भएको छ । ध्रुब खड्काको अध्यक्षतामा ११ सदस्यि नेपाल केम्पो खुकुरी मार्शल आर्ट्श संघ गठन भएको हो । समितिको उपाध्यक्षमा हिलजोन्सन राई, सचिवमा कमल मगर, सहसचिवमा कमल आलेमगर, कोषाध्यक्षमा भाईचुङ्ग शेर्पा रहेका छन् । त्यस्तै सदस्यहरुमा आशिष तामाङ्ग, विपिन गुरुङ्ग, विजय राई, डिल्ली याम्फू, डिल्लीहाङ्ग याम्फु, नवराज कटुवाल र नवीन कार्की रहेका छन् । अध्यक्ष खड्काका अनुसार संखुवासभाका लागि यो खेल नयाँ हो । निकट भविष्यमा यो खेललाई निरन्तरता दिने र प्रतियोगिता गर्ने पनि खड्काले बताए ।

नेपाल केम्पो खुकुरी आर्ट्श संघ प्रदेश १ का सदस्य सागर घिमिरेको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघका अध्यक्ष इन्द्र कुमार गिरीको विशिष्ट आतिथ्यतामा जिल्ला समिति गठन भएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Haze
6:51 am5:40 pm +0545