सिलिचोङ पहिरो पिडितलाई संखुवासभा उद्योग बाणिज्य संघको सहयोग
संखुवासभा उद्योग बाणिज्य संघले सिलिचोङ १ सिसुवाखोलामा गएको पहिरो पिडितहरुको राहतका लागि नगद र मास्क सहयोग प्रदान गरेको छ । शुक्रबार संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङलाई ६५ हजार रुपैयाँ र मास्क हस्तान्तरण गरेका हुन् ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामराज पौडेल र अध्यक्ष कुलुङलाई बाणिज्य संघको कार्यालयमा स्वागत समेत गरिएको थियो । संघले जिल्लाका ब्यावसायीहरुबाट संकलन गरेर राहत उपलब्ध गराएको बाणिज्य संघका अध्यक्ष युवराज शाक्यले जानकारी दिनुभयो । कोरोना कहरका विचमा ब्यापार ब्यावसाय ठप्पा भए पनि पहिरो पिडतहरुको सान्त्वना स्वरुप राहत सहयोग गरिएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । संघले उपलब्ध गराएको सहयोग रकम विपद ब्यवस्थापनमा गाउँपालिकाले आवश्यक परेको जुनसुकै क्षेत्रमा खर्च गर्न सक्ने अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।
राहत रकम बुझिलिनुहुँदै सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले धन्यवाद ज्ञापन गर्नुभयो । विपदको समयमा यसरी प्राप्त भएको राहतले आफुहरुको मनोबल बढ्दै गएको समेत अध्यक्ष कुलुङले बताउनुभयो । दाताहरुबाट प्राप्त भएको रकम दिर्घकालिन ब्यवस्थापनमा लगानी गर्ने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्