संखुवासभाको धर्मदेवी नगरपालिका ९ मा भाउजु हत्याको आरोपमा नन्द पक्राउ
संखुवासभाको धर्मदेवी नगरपालिका–९ मुलगाउँमा मृत भेटिएकी ५० वर्षीया मनमाया जिमीको हत्याको आरोपमा कुमारी जिमी पक्राउ परेकी छिन् । प्रहरीले उनलाई शुक्रबार मनमायाको हत्याको आरोपमा पक्राउ गरेको डीएसपी नवराज मल्लले बताए । मृतक मनमाया र पक्राउ परेकी कुमारी नन्द–भाउजु हुन् ।
बुधबार साँझ घाँस काट्न गएकी मनमाया बिहीबार मृत अवस्थामा जंगलमा भेटिएकी थिइन् । उनको हत्या विभत्स र क्रुर तरिकाले भएको प्रहरीले जनाएको छ । मृतक जिमीलाई पटकपटक धारिलो हतियार प्रहार भएको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
कुमारी जिमीसँगै प्रहरीले घटनामा संलग्न भएको आशंकामा अन्य केही व्यक्तिलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको डीएसपी मल्लले बताए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्