ओलीको समर्थनमा गंगबु ,कलंकी लगायत उपत्यकाको सात स्थानमा प्रदर्शन
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौं उपत्यकाको सात स्थानमा प्रदर्शन भएको छ ।काठमाडौं उपत्यकासहित विभिन्न सहरमा नाराबाजी भइरहेको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा माग भइरहेका बेलाउन समर्थकले सडकमा प्रदर्शन थालेका थिए ।
बुधबार कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखलमा प्रदर्शन भएको हो ।
देश र जनतासँग मत माग्दा स्थायी सरकार बनाउने वाचाविपरीत सरकार गिराउने खेल भएको भन्दै प्रदर्शन गरेका हुन् । युवाहरुले ओलीको तस्बिर र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा र ब्यानरसहित जुलुस निकालेका थिए ।
प्रदर्शनमा सहभागिहरुले ‘पार्टी एकता जिन्दाबाद’, आइएम वीथ केपी ओली’, ‘राष्ट्रवादी सरकार जिन्दाबाद’, ‘जनताको चाहाना, सरकार परिवर्तन गर्न पाईदैन’, ‘भारतीय हस्तक्षेत्र बन्द गर सरकार ढाल्न पाईदैन’, ‘मेरो भोटको अधिकार ५ वर्षको स्थायी सरकार’ जस्ता नारा लगाएका प्लेकार्ड बोक्दै नारा लगाएका छन् ।
असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा बहुमत नेताहरुले प्रधानमन्त्री ओली स्वेच्छाचारी ढंगले अगाडि बढेको भन्दै दुवै पदबाट राजीनामा दिन माग गरेका छन् । प्रधानमन्त्री ओली भने दुवै पदबाट राजीनामा नदिने अडानमा छन् ।
तस्विरहरु :आदित्य बोहोरा



क्याटेगोरी : समाचार
ट्याग : #ओलीको समर्थन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- २काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ३रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ४एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ५पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ६तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ७काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ८एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?






तपाईको कमेन्ट लेख्नुहोस्