Techie IT
शुक्रबार, वैशाख २६,२०८२

विदुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


विदुर नगरपालिका–५ गङ्गटेमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । बट्टार बजारबाट देवीघाटतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हँुदा त्यसका चालक विदुर नगरपालिका–३ खड्गभञ्याङका २१ वर्षीयका ठाकुर अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख विकल भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा चक्रदेव पोलिक्लिनिक विदुरमा मृत्यु भएको हो । दुर्घटनामा विदुर नगरपालिका–५ देवीघाटका २८ वर्षीय सुरेन्द्र चित्रकार घाइते भएका छन् । उनको अहिले सोही पोलिक्निकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।

उनीहरु चढेको बा९८प ५५१६ नंको मोटरसाइकल गङ्गटेमा अनियन्त्रित हँुदा राति ८ः३५ बजेको समयमा सडकबाट करिब १० मिटर तल पुगेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #मोटरसाइकल दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:16 am6:43 pm +0545