विदेशका संखुवासभालीलाई कोरोनाको न्यून असर
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारी बढिरहँदा विदेशमा रहेका संखुवासभालीलाई भने अहिलेसम्म कुनै असर देखिएको छैन । विभिन्न देशमा रहेका संखुवासभा समाजका प्रतिनिधिहरुले विदेशमा रहेका संखुवासभालीलाई कोरोना भाइरसबाट अहिलेसम्म कुनै समस्या नदेखिएको जनाएका छन् ।
संखुवासभा जर्नालिष्ट एशोसिएशन (एसकाज)ले ‘कोरोनाको प्रभाव र देश विदेशमा रहेका संखुवासभालीको सुरक्षा’ विषयक वेबिनार कार्यक्रममा संखुवासभा समाजका प्रतिनिधिहरुले विदेशमा कोरोनाको असर न्यून रहेकाले जिल्लामा नै बढि सावधानी र परिक्षण बढाउनु पर्ने सुझाव दिएका छन् ।
विदेशमा भन्दा स्वदेशमा रहेका संखुवासभालीको पक्षमा सरोकारवालाको चासो बढ्नु पर्ने उनीहरुको भनाई छ । संखुवासभाका माननीय राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनस्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख रमेश बाह्रकोटी, एसकाज पदाधिकारी तथा स्थानीय पत्रकारको सहभागिता थियो ।
कार्यक्रममा संखुवासभा समाज अमेरिकाकी अध्यक्ष शान्ति श्रेष्ठले अमेरिकामा संखुवासभालीलाई कुनै असर नपरेको भएतामा पनि आफ्नो जिल्लामा २ जनामा कोरोना पोजेटिभ देखिएकाले चिन्ता बढेको बताइन् । उनले केही दिनमा नै संखुवासभा समाज अमेरिकाले जिल्लवासीका लागि सहयोग तथा राहात उठाउने तयारी गरिरहेको जानकारी दिइन् ।
संखुवासभा समाज बेलायतका अध्यक्ष नैनसिह गुरुङले वेलायतमा कोरोनाको प्रभाव धेरै भएता पनि संखुवासभालीलाई खासै असर परिनसकेको जानकारी गराए । उनले स्थानीयस्तरमा नै बढिभन्दाढि सावधानी अपनाउन सुझाव दिए ।
त्यसैगरी संखुवासभा समाज जापानका अध्यक्ष पेमानुरी शेर्पा (डुकु थिमि)संखुवासभा समाज हंगकंगका अध्यक्ष टिवि याक्खा, संखुवासभा समाज कतारका सल्लाहकार नरेश श्रेष्ठले कोरोनाको प्रभावले संखुवासभालीलाई ठूलो असर पुर्याई नसकेको हुँदा तत्काल उद्धार तथा राहतको जरुरी नभएको बताए ।
जिल्लामा कोरोना भाइरसको परीक्षण प्रयाप्त हुन नसकेको, नाकामा कडाइ नगरेको, राहत वितरणमा ढिलाइ गरेको, जिल्लामा औषधीको अभाव देखिएको जस्ता आवाज जिल्लामा कलम चलाइरहेका पत्रकारले उठाएका थिए । एसकाजका संस्थापक अध्यक्ष दिपेन्द्र वान्तवाले संखुवासभाली संचारकर्मीलाई समेत कोरोनाको प्रभाव बढेकाले त्यसतर्फ पनि ध्यान बढाउनु पर्ने औल्याए ।
जन स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले जिल्लाबासीको स्वास्थ्य उपचारका लागि साधानस्रोतले भ्याएसम्म गरिरहेको र कोरोना रोकथामका लागि सबै निकायसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।
सांसद राजेन्द्र गौतमले जिल्लावासीको चासोमा एसकासले विदेश तथा स्वदेशमा रहेकाहरुसँग छलफल गराएको खुशी व्यक्त गर्दै जिल्ला प्रवेश गर्ने नाकामा कोरोना चेकजाँच गर्ने व्यवस्था गरिने बताए ।
एसकाजका अध्यक्ष हेमन्त गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिव उद्धव भट्टराईले संचालन गरेका थिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्