मनमैजु पुलदेखि छन्त्याल संघसम्मको बाटो निर्माण सुरु
१९ जेठ, काठमाडौं । तारकेश्वर नगरपालिकाको मुलबाटो निर्माण सुरु भएको छ । मनमैजुपुलदेखि छन्त्याल संघसम्मको बाटो लकडाउनको अवधिमा काम सक्ने गरी सुरु भएको तारकेश्वर वडा नं. १० का अध्यक्ष अमृत थापाले बताउनुभयो । थापाकाअनुसार उक्त बाटोमा प्रदेस र केन्द्रको सांसद्बबाट आएको ५०–५० लाख रुपैयाँ बजेटबाट पक्की बाटो निर्माण हुन लागेको छ ।
अहिले तारकेश्वरमा अन्य वडाहरुमा भन्दा वडा नं. १० मा विकास निर्माणको कामले तिव्रता पाएको छ । लकडाउनको समयमा पनि तारकेश्वर वडा नं. १० विकास निर्माणले तिव्रता पाएको छ । अहिले मुलबाटो मनमैजुपुलदेखि छन्त्याल संघको बाटो सहित अन्य तीन ठाउँमा सम्झौता हुँदै काम सुरु भइरहेको छ ।
जसमा हिमालयन टोलमा (१०–१५ लाखमा) वालसहितको ढलानबाटो निर्माण हुँदै, शिव नगरमा १७ लाख ७५ हजारमा ढलानबाटो निर्माणका लागि सम्झौता हुन लागेको हुँदा १–२ दिनमा काम सुरु गर्ने तयारीमा रहेको शिव नगर टोल विकास समितिका अध्यक्ष ऋषि लोहोनी बताउनुभयो ।
त्यस्तै मानसिंह स्कुलपछाडिको बाटो हुँदै नासाल चोक जाने बाटोमा करिव १५ लाखमा पक्की ढलान भइरहेको छ ।
तारकेश्वरमा सबै वडाहरुले यसरी नै विकास निर्माणलाई प्राथमिकतामा राखेर काम सुरु गर्ने हो भने २ वर्षमा नसोचेको काम पुरा हुन्छन् । विकास निर्माणलाई जनप्रतिनिधिहरुले पहिलो प्राथमिकतामा राख्न आवश्यक छ ।
फरकपत्र संवाददाता
क्याटेगोरी : समाचार
ट्याग : #मनमैजु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्