Techie IT
शुक्रबार, वैशाख २६,२०८२

संखुवासभामा दलितका संस्थाद्धारा पाँच सुत्रीय माग राख्दै विरोध


नेपाल दलित संघ, उत्पीडित जातिय मुक्ति समाज र दलित मुक्ति मोर्चाले संयुक्त रुपमा जाजरकोट रुकुम पश्चिममा भएको घटनाको विरोध गरेको छ । ती संस्थाहरुले आईतबार प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल मार्फत ५ सुत्रीय माग राख्दै गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

ज्ञापनपत्रमा उनीहरुले जेठ १० मा भएको योजनाबद्ध सामुहिक आक्रमण मानवता विरोधी जातिय दमनमा आधारित रुकुम पश्चिम चौरजहारी सामुहिक हत्याकाण्डको सत्यतथ्य छानबीन गरी दलित समुदायका प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सर्वदलिय संसदिय समिति गठनको माग गरिएको छ ।

त्यस्तै, ५ जनाको हत्या र १ जना बेपत्ता हुने गरि घटाईएको सामुहिक हत्याकाण्डमा संलग्नलाई कारवाही गर्न र क्षतिपुर्ति लगायतका माग राखिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:16 am6:43 pm +0545