धरान सहित कोशी पहाडी जिल्लामा विद्युत् अबरुद्ध,
मङ्गलवार साँझ आएको हावा हुरीले धरान सहित धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुर जिल्लामा विद्युत् अवरुद्ध भएको छ ।
विद्युत् प्राधिकरण वितरण केन्द्र धरान शाखाका प्रमुख प्रताप बरालका अनुसार धरान हुँदै पहाडी क्षेत्रमा जाने मुख्य बिजुलीको प्रसारण लाइनको तार चुडीएको छ भने धरान उपमहानगरपालिका भित्र मात्रै १५ वटा बिजुलीका पोल भाँचिएका छन् ।
धरान ८ को रेडियो नेपाल नजिकै पुरै तार चुडीएको छ । जङ्गलमा पनि केही ठाउँमा समस्या आएको नेपाल विद्युत् प्राधिकरण वितरण शाखा धरानले जनाएको छ ।
जङ्गल लगायत केही स्थानमा सानो तिनो समस्या समाधान गरेर विद्युत् सञ्चालनमा ल्याउन प्रयास भइरहेको भए पनि धरानका केही भाग र पहाडी जिल्लामा भने मङ्गलवार राति विद्युत् सुचारु हुन नसक्ने प्रमुख प्रताप बरालले बताएका छन् । धरानका केही भागमा विद्युत् सुचारु भए पनि सबै ठाउँमा सुचारु गर्न समय लाग्ने प्रमुख बरालले बताएका छन् ।
यता संखुवासभामा भने स्थानीय हाइड्रो संचालन गरेर विद्युत वितरण गरिरहेको विद्युत प्राधिकरण खाँदबारीले जनाएको छ । स्थानीय हाइड्रोबाट विजुली वितरण भइरहेकाले नियमित आपूर्तिमा समस्या देखिएको प्राधिकरणले जनाएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्