Techie IT
शनिबार, वैशाख १२,२०८३

तार्केश्वर नगरपालिका राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा लगातार तेस्रो पटक च्याम्पियन


काठमाडौं । तार्केश्वर नगरपालिका १५औँ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता–२०८३ मा लगातार तेस्रो पटक च्याम्पियन बनेको छ।

काठमाडौँ जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा ४४ स्वर्ण, २४ कास्य र १३ रजत पदकसहित तार्केश्वर च्याम्पियन बनेको हो।

प्रतियोगितामा ६ खेल समावेश थिए । तार्केश्वरले एथलेटिक्समा २४ स्वर्ण, भलिबलमा १ स्वर्ण, कबड्डीमा स्वर्ण, उसुमा ९ स्वर्ण, तेक्वान्दोमा ६ स्वर्ण र करातेमा ३ स्वर्ण जित्यो।

चन्द्रागिरी नगरपालिका ६ स्वर्ण, ३० रजत र २० कांस्यसाथ दोश्रो तथा नागर्जुन नगरपालिका ५ स्वर्ण, ८ रजत र १६ कांस्य तेश्रो बने।


क्याटेगोरी : स्थानीय
ट्याग : #तार्केश्वर नगरपालिका राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता लगातार तेस्रो पटक च्याम्पियन


तपाईको कमेन्ट लेख्नुहोस्