नागार्जुनका कृषकलाइ गाइ वितरण
काठमाडौं, असार ६। नागार्जुन नगरपालिकाले नगरपालिका भित्र रहेका गाइ पालक कृषक प्रवर्द्धन कार्यक्रम अन्तर्गत गाइ प्रदान गरेको छ। नगरपालिका भित्रव्यवसायिक रूपमा गाइ पालन गर्दै आएका किसानको प्रोत्साहनको लागि नगरपालिकाले लागत साझेदारीमा प्रदेश सरकार बाट प्राप्त २५ लाख र नगरपालिकाको तर्फ बाट रु रु २५ लाखबाट ५० वटा गाई टेन्डर मार्फत खरिद गरी किसानलाइ प्रदान गरेको हो ।
व्यवस्थित पशुपालन व्यवसाय खास गरी उन्नत गाईपालन बाट नगरबासी कृषकको आर्थीक उन्नती गर्ने अवसर तथा आम्दानीको प्रमुख श्रोत वन्न सक्ने हुँदा पहिला देखि नै गाइ पालनमा लागेका कृषकहरुलाई प्रोत्साहन गर्न नगरपालिकाले लागत साझेदारीमा गाइ प्रदान गरिएको उप प्रमुख सुशिला अधिकारीले कपन अनलाइनलाइ जानकारी गराइन। पहिलो दिन वडा नं ८ मा ११ वटा गाइ प्रदान गरिएको थियो भने हिजो वडा नं ७ मा ११ जना कृषकलाइ गाइ प्रदान गरिएको जानकारी दिदै अन्य वडाका कृषकलाइ आज र भोलि वितरण गर्ने कार्यक्रम रहेको पनि जानकारी गराइन ।
क्याटेगोरी : स्थानीय
ट्याग : #नागार्जुनका कृषक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा







तपाईको कमेन्ट लेख्नुहोस्