टोखा नगरपालिकामा हाल सम्म ६७९३ जना कोरोना संक्रमित
टाेखा नगरपालिकाको काेभिड-१९ दैनिक रिपोर्ट अनुसार संक्रमितको संख्या निरन्तर घट्दै गइरहेको छ , पछिल्लो २४ घन्टामा थप ५२ जना निको भएसंगै सक्रिय संक्रमितको संख्या ६५९ मा झरेको छ।
टोखा नगरपालिकामा हाल सम्म कोरोना संक्रमित भैसकेका महिला सख्या ३०६९ जना र पुरूष संख्या ३७२४ जना गरि ६७९३जना संक्रमित रहेकोमा निको भएको संख्या ६११२ जना पुगेको छ।
टाेखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १३ जना संक्रमित रहेको छ भने १ जनाको मृत्यु भैसकेको छ । आज मात्रै ५२ जना निको भएको र थप ३४ जना डिस्चार्ज भएको टाेखा नगर उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।
नगरपालिकाकाे वडागत विवरण अनुसार होमआइसोलेसनमा बस्ने संक्रमित महिला संख्या २७२ र पुरूष संख्या ३०४ जना, अस्पतालमा बस्ने संक्रमित महिला संख्या ११ र पुरूष संख्या १९ जना र अन्य महिला २० र पुरुष ३३ गरि जम्मा ६५९ जना सक्रिय संक्रमित रहेको छ।
संक्रमण भएका संक्रमितहरुको हाल सम्म PCR परीक्षण गरिसकेकाहरुको सख्या भने ६७८९ जना रहेका छन्। टाेखा नगरपालिकामा हाल सम्म १८८४ जनाले Antigen Test बाट परिक्षण गरिसकेका छन् ।( Antigen test ) एन्टिजेन परिक्षण गरि पोजिटिभ पत्ता लागेका संक्रमितहरु हालसम्म ५२६ जना पुगेको र आज १०६ जना Antigen test ) एन्टिजेन परिक्षण गर्दा ५५ जना पोजिटिभ देखिएको टाेखा नगर स्वास्थ्य शाखा प्रमुख रणलाल कुलालले बताउनु भयो।

क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्