तारकेश्वरमा दोस्रो चरणमा १३२६ जनामा कोरोना , अहिलेसम्म २३ जनाको मृत्यु
काठमाडौं । तारकेश्वर स्वास्थ्य साखाले दिएको जानकारी अनुसार नगरपालिकामा दोस्रो चरणमा कोरोना संक्रमितको संख्या १३२६ पुगेको छ ।
अहिलेसम्म २३ जनाको मृत्यु भएको छ । जसमा ११ महिला र १३ पुरुष रहेका छन् । संक्रिय संक्रमितको संख्या ५०३ महिला र ६४६ पुरुष गरी ११४९ जना पुगेका छन् ।
त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या २३ जना पुगेको छ । वडा नं. २ मा ८२ जना रहेका छन् । वडा नं. ३ मा ४९ जना रहेका छन् । वडा नं. ४ मा १०३ छन् । त्यस्तै वडा नंं. ५ मा १७४ जना छन् । वडा नं. ६ मा १२४ जनामा कोरोना संक्रमण देखिएको छ । वडा नं. ७ मा १०९ जनामा कोरोना संक्रमण देखिएको छ ।
वडा नं. ८ मा १९० जनामा कोरोना संक्रमण देखिएको छ । वडा नं. ९ मा १६४ जनालाई संक्रमण देखिएको छ । वडा नं. १० मा १४८ जना छन् र वडा नं. ११ मा १६० जना सक्रिय संक्रमित रहेका छन् । तारकेश्वर नगरपालिकामा आजको डाटाअनुसार ३२ महिला र ४६ पुरुष गरी ७८ जनामा कोरोना पुष्टि भएको छ ।
तारकेश्वरमा १०८६ जना होम आइसोलेसनमा रहेका छन् भने ६३ जना अस्पतालको आइसोलेशनमा रहेका छन् ।
साङ्ला प्राथमिक केन्द्रको आइसोलेशनमा अहिलेसम्म १० जना भर्ना भएर उपचार गराइरहेका छन् ।
निको हुनेहरुको संख्या १५४ रहेको छ । अहिलेसम्म २३ जनाको मृत्यु भएको छ । जसमा ११ महिला र १३ पुरुष रहेका छन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्