Techie IT
बुधबार, जेठ १३,२०८३

बुढानिलकण्ठ २ मा २५ बेडको आइसोलेसन केन्द्र निर्माण


काठमाडौं। काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर २ मा २५ बेड रहेको आइसोलेसन केन्द्र तयार गरिएको छ।उक्त आइसोलेसन केन्द्र भोलि बिहिबारबाट सञ्चालनमा ल्याइने गरि तयार गरिएको नगरपालिकाले बताएको छ।

नगरपालिकाले वडा नम्बर १०मा अवस्थित नगर अस्पताल निर्माण भैरहेको स्थानमा अर्को आइसोलेसन केन्द्र समेत स्थापना गर्न लागेको जनाएको छ।

नगरपालिकाले स्वास्थ्य शाखाअन्तर्गत रहेका कर्मचारीहरुलाई परिचालन गरि आइसोलेसन केन्द्र सञ्चालन गरिने र आवश्यक्तकोको आधारमा थप जनशक्तिका लागि करारमा नियुक्ति गर्न आवेदन समेत माग गरेको जाएको छ ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्