वालिङ नगरपालिकामा ‘जनस्वास्थ्य विपद्’ घोषणा
स्यङ्गजा ।स्याङ्गजाको वालिङ नगरपालिकाले एक साताका लागि ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा गरेको छ । नयाँ भेरियन्ट कोभिड –१९ को सङ्क्रमण समुदायस्तरमा देखिँदै गएकाले रोकथाम तथा नियन्त्रणका लागि सो घोषणा गरिएको बताइएको छ ।
वालिङभित्र सङ्क्रमणको दर बढ्दै गएकाले कोभिड–१९ जोखिम व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले नगरभित्र अत्यावश्यकबाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको नगर प्रवक्ता केदार काफ्लेले बताए । गए राति १२ बजेदेखि लागू हुने गरी वैशाख २५ गते राति १२ बजेसम्मका लागि सो अवस्था रहने उनको भनाई छ ।
वालिङस्थित गह्रौं प्राथमिक अस्पतालको ¥यापिड रेस्पोन्स टिमले कम्तीमा पनि दुई साताका लागि बन्दाबन्दी गर्न सिफारिस गरेअनुसार नगरस्तरीय जोखिम व्यवस्थापन केन्द्रले एक साताका लागि ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा गरी पूर्ण बन्दाबन्दीका लागि जिल्ला जोखिम व्यवस्थापन केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता काफ्लेले बताएका छन् ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्