टोखाको बडुखोला र भण्डारी मूलको पानी छिट्टै नगरबासिका घरघरमा पुग्छ : नगर प्रमुख अधिकारी
सीता पौडेल
काठमाडौं । टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले टोखाको बडुखोला र भण्डारी मूलको पानी नगरबासिका घरघरमा छिट्टै पुग्ने बताएका छन् । नगरपालिकाले नगर क्षेत्रभित्रका बासिन्दालाई स्वच्छ खानेपानी पुर्याउने लक्ष्यअनुसार वडा नम्बर १ मा रहेको बडुखोला र भण्डारी मूलको पानीलाई नगरबासिका घरघरमा लैजान लागेको बताएको छ ।
नगर प्रमुख प्रकाश अधिकारीका अनुसार बडुखोला र भण्डारी मूलको पानीलाई ट्याङ्कीमा जम्मा गरेर घरघर पुर्याउन लागिएको हो । यी दुई ठाउँका पानीलाई व्यवस्थित गरेसँगै टोखाका १, २ र ३ नम्बर वडाबासीहरु लाभान्वित हुने उनको भनाई छ ।
नगरपालिकाले उक्त पानीलाई तारकेश्वर नगरमा समेत लैजानका लागि सर्भेक्षण कार्य शुरु गरेको बताएको छ ।
यी दुइ नगरपालिकाका दक्षिणी क्षेत्रका बासिन्दालाई भने मेलम्ची खानेपानी आयोजनाबाट पानी वितरण गरिने र यसका लागि पाइपलाइन खन्ने काम भइरहेको नगर प्रमुख प्रकाश अधिकारीले बताए ।
क्याटेगोरी : स्थानीय
ट्याग : ##प्रकाश अधिकारीले, ##बडुखोला र भण्डारी मूलको पानी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्