राप्रपा तारकेश्वरको अध्यक्षमा कृष्णवावु थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको तारकेश्वर नगर कमिटिको अधिवेशन सम्पन्न भएको छ । नेपालटारको कान्तिपुर पार्टी प्यालेसमा भएको अधिवेशनले कृष्णवावु थापाको अध्यक्षसहित ३१ सदस्यीय नगर कमिटि चयन गरेको छ ।
कार्यक्रममा केन्द्रीय सदस्य राजकुमार खड्काको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य प्रेमनाथ दुलाल लगायतका केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो ।
राप्रपाको तारकेश्वरमा ११ ओटै वडामा संगठन विस्तार सम्पन्न भइसकेको छ । प्रत्येक वडामा २१–२१ जना सदस्यीय कमिटि गठन भएको कुरा थापाले बताउनुभएको छ । राप्रपाले आफ्नो मुल नारा “हिन्दु राष्ट्र र राजतन्त्र” को पक्षमा तारकेश्वरमा अभियान सञ्चालन गर्नुका साथै भ्रष्टाचार र वेथितिको अन्त्यका लागि आवाज उठाउने बताइएको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #राप्रपा तारकेश्वर नगर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्