किस्पाङ गाउँपालिका ,सानिमा बैंक र नुवाकोट उद्योग वाणिज्य सङ्घबीच त्रिपक्षीय सम्झौता
नेपाल राष्ट्र बैंकमार्फत जारी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन नुवाकोटको छैटाँै स्थानीय तहका रुपमा किस्पाङ गाउँपालिकासहित सानिमा बैंक काहुले शाखा र नुवाकोट उद्योग वाणिज्य सङ्घबीच आज त्रिपक्षीय सम्झौता गरिएको छ । ‘ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ बमोजिम किस्पाङ गाउँपालिकाभित्रबाट उद्यमी एवं व्यवसायीका लागि उद्यमशील कर्जाको सेवा प्रवाहका लागि सम्बद्ध तीन पक्षबीच सम्झौता भएको हो ।
“किस्पाङ गाउँपालिकाको सिफारिसमा कर्जा लगानी गर्ने तथा बैंकले लगानी गरेका उद्यमीलाई किस्पाङ गाउँपालिका तथा नुवाकोट उद्योग वाणिज्य सङ्घले प्राविधिक सहयोग गर्ने”, सम्झौतापत्रमा भनिएको छ ।
गाउँपालिकाकातर्फबाट अध्यक्ष छत्रबहादुर लामा, नुवाकोट उद्योग वाणिज्य सङ्घका तर्फबाट अध्यक्ष ताराबहादुर कार्की र बैंककोतर्फबाट सानिमा बैंकको किस्पाङ शाखाकोतर्फबाट शाखा प्रमुख प्रकाश रिमालले हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा किस्पाङ गाउँपालिकाको अध्यक्ष छत्रबहादुर लामाले गाउँपालिकाको आर्थिक तथा निजी क्षेत्रको विकासका लागि पालिकाको नीति तथा कार्यक्रममा समेत प्राथमिकता दिएका कारण सहुलियतपूर्ण कर्जा लगानीका लागि सझेदारी गरेर अघि बढ्ने अवसर सम्झौताले सहज बनाएको बताउनुभयो ।
“किस्पाङ गाउँपालिकाको पहिलो प्राथमिकता नै कृषि, जडीबुटी र पशुपालनको क्षेत्रलाई अघि बढाउन यसअघिदेखि नै नीति र कार्यक्रमसहितको बजेटसमेत छुट्याउँदै आएका छाँै”, उहाँले भन्नुभयो, “आगामी दिनमा त्यसतर्फ थप लगानी बढाउनका लागि प्रोत्साहन र किसानलाई सहुलियत ब्याजदरमा ऋण पाउन सहज हुने आशा बढाएको छ ।” सम्झौता कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले सम्झौताको अक्षरशः कार्यान्वयनमा जोड दिँदै व्यवसायीले निरन्तररुपमा कर्जाको ब्याज तिर्न सक्षम बनाउन तीनैपक्ष केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो ।
सहुलियत ऋण प्राप्त गर्न व्यवसाय दर्ता गरी स्थायी लेखा नम्बर प्राप्त गरेका उद्योगी–व्यवसायी हुनुपर्ने भनिएको छ । उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र युवा वर्ग स्वरोजगार कर्जा रु पाँच लाखसम्म, शिक्षित युवा स्वरोजगार कर्जा रु सात लाखसम्म पाइने व्यवस्था छ ।
विदेशबाट फर्किएका युवा स्वरोजगार कर्जा र दलित समुदाय व्यवसाय विकास कर्जा रु १० लाखसम्म, महिला उद्यमशील कर्जा रु १५ लाखसम्म र व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा रु पाँच करोडसम्म पाइने कार्यविधिमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #किस्पाङ गाउँपालिकासहित सानिमा बैंक काहुले शाखा र नुवाकोट उद्योग वाणिज्य सङ्घ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्