सुखी र सफल जीवनका लागी असल बानी बसाल्नुहोस् — स्वेट मार्डन
सिता पौडेल(अर्चना)
काठमाडौं । सुखी र सफल जीवनका लागी आफुभित्र असल बानीको विकास गर्नु निकै आवश्यक हुन्छ ।यदि आचरण सहि भएन भने चरित्र कहिले पनि उत्कृष्ट बन्न सक्दैन । हाम्रो चरित्र भनेको असल आचरणहरुको संग्रह हो । जुन व्यक्तिको आचरण असल छ , त्यो व्यक्ति जीवनमा कमै असफल हुन्छ ।
असल बानीको विजारोपण बाल्यकालमा नै हुने हुँदा हरेक बाबु–आमाले आफ्ना बालबालीकाहरुलाई सानै उमेरबाट असल आचरणको शिक्षा दिनु पर्दछ । अविभावकले सानैदेखी उनिहरुमा असल बानीको विकास गर्ने बातावरण बनाईदिनुपर्दछ ।
मानिसले. बाल्यअवस्थामा जे सिक्दछ , त्यो धेरै जसो उसको बानीमा विकास भइसकेको हुन्छ । चाहेर पनि उसलाई बसेको बानी बदल्न् वा छोड्न निकै गाह्रो हुन्छ । तसर्थ हामीले असल आचरणको विकास गरि असलबानी बसाउन सधै प्रयत्न गर्नु पर्दछ । यसको लागी आत्मसंयम र दृढ संकल्पको आवश्यकता पर्दछ ।
खाराब बानी त यसै पनि बस्न सक्छ तर असल बानी बसाउनका लागि निकै मिहिनेत गर्नुपर्दछ । सफलताशास्त्रिहरु यसलाई असजिलो तर सफलताको मार्ग भनि भन्दछन् । सफलताशास्त्री स्वेट मार्डनले हामी जो कोहीले सफल र सुखी जीवनका लागी असल बानी अन्तर्गत आफूमा यी विविध बानीको विकास गर्नु पर्ने भन्दै आफ्ना विभिन्न सफलता शास्त्रशरुमा उल्लेख गरेको पाइन्छ :
– समयको पालना गर्नु
– ठीक–बेठीक छुट्याउनु
– कुसलता र व्यवहारिकतालाई अंगाल्नु
– निष्कृय नबस्नु
– मौन रहनु
– विहान सबेरै उठ्नु
तसर्थ स्वेट मार्डेनले भने जस्तै तपाईंहामी पनि आफुभित्र असल बानीको विकास गरि सफल र खुशी जीवन व्यतित गर्ने की ! यदी तपार्इंमा माथीका आचरणहरुको विकास भएको छ भने तपाईं सफल बनिसक्नु भएको छ ।होइन भने पनि सफलताको नजिक हुनुहुन्छ है । आफुलाई नियाल्नुहो्स ,आँखामा दृढता ल्याउनुहोस्, अनुहारमा आशा र विश्वाासको चमक झल्काउनुहोस् र तपाईको अनुहारमा विजयको आभास झल्किीरहोस्। तपाईं कहिलयै पराजित र असफल हुनुहुने छैन ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #असल बानीको विकास
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्