सधैं गर्न मिल्छ अनुलोम–विलोम
काठमाडौं । अनुलोम–विलोम एक प्रकारको यस्तो प्रणायाम हो जुन सधैं गर्न मिल्दछ । यसको अर्थलाई केलाउँदा अनुलोम भनेको सुल्टो र विलोम भनेको उल्टो हो । यो नाकबाट प्राणक्रियाको अभ्यास गरी शरीरमा सन्तुतिल ताप , उर्जा र सामथ्र्य स्थापित गर्ने प्रणायाम हो । हठयोगको भाषामा हाम्रो दाहिने नासिका मार्गले उष्ण र बायाँ नासिका मार्गले सितल उर्जाको प्रतिनिधित्व गर्दछ ।
— यो प्रणायाम जुनसुकै मौसम वा ऋतुमा गर्न सकिन्छ ।
— जुनसुकै रोगव्याधिमा पनि यो प्रणायाम गर्न सकिन्छ ।
— असक्त , रोगी वा अति बृद्धहरुले विस्तारामा पल्टिएर पनि यसको अभ्यास गर्न सक्छन ।
— प्रारम्भिक चरणमा यसको अभ्यास गर्दा सास लिने र छोड्ने मात्रै गर्नु पर्दछ । रोक्ने काम गर्नु हुँदैन ।
— कम्तिमा ६ महिनासम्म दिनमा ३० मिनेट सम्म गरिसकेपछि मात्रै रोक्ने क्रमलाई जोड्नु लाभकारी हुन्छ ।
अनुलोम –विलोम गर्ने तरीका —
कुनै पनि सुविधाजनक आसन ( सुखासन , पद्यमासन या बज्रासन ) मा ढाड सिधा राखि बस्नुहोस् यो आसनमा बस्न नसक्नेले कुर्सीमा बस्न सक्नुहुन्छ ।
— दाहिने हातले प्राणयाम मुद्रा बनाई बुढी औला दायाँ र अनामिका औला बायाँ नाकको प्वालमा राख्नुहोस् ।
— आँखा बन्द गरी मन र चित्तलाई शान्त राख्नुहोस् र तनावरहित हुने प्रयास गर्नुहोस् ।
— अब बुढी औलाले दाहिने नाक बन्द गरी बाँयाँ नाकबाट लामो , गहिरो श्वास लिनुहोास् ।
— यसपििछ बाँयाँ नाकको प्वालबाट लिएजति श्वास पुरै बाहिर फयाक्नुहोस ।
—अब दायाँ नाकबाट यसै गरी श्वास भर्नुहोस् । वायाँ नाक साहिंली औलाको सहयोगले बन्द गर्नूहोस् ।
— यस पछि भित्र लिएको सवै श्वास बाँयाँ नकबाट बाहिर फ्याल्नुहोस् ।
— श्वास लिंदा र छोड्दा हतार गर्नु हुँदैन । मन्द र दीर्घ रीतिले लिने छोड्ने गर्नु पर्दछ ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #अनुलोम –विलोम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्