एक बारको जूनी हाँसेरे बिताऊँ सम्झना विश्व हाँसो दिवसको
सिता पौडेल
काठमाडौं ।आज विश्व हाँसो दिवस ।यो दिवस मनाइनुले पनि हाम्रो जीवनमा हाँसोको महिमा र गरिमालाई उचो बनाउँछ नै ! त्यसो त ‘ जो हाँस्न जान्दैनन् ती बाँच्न जान्दैनन् ’भन्ने भनाईले जीवनको बाँच्ने कलालाई इन्गित गरेको भान हुन्छ । तसर्थ अर्थपुर्ण जीवन बाँच्नको लागी हाँस्नु निकै महत्व्पूर्ण कुरा हो भनेर बुझ्न सकिन्छ । अनि यथार्थमा त यही हो ।
हाँस्नु स्वस्थ्यको लागी निकै लाभदायक छ ।हाँसोले हाम्रो स्वास्थयमा निकै प्रभाव पार्दछ । यो एक सच्चाइ पनि हो । जब हामी हाँस्छौं यसबाट , हाम्रो फोक्सोलाई व्यायाम पुग्दछ । हाँसोले मुुटु , मन , मस्तिस्क लगायत समस्त स्नायु –मण्डलमा नै प्रभाव पारि सिङ्गो शरीरका अंग ,प्रत्यंग झंकृत गराउँदछ । यसो विचार गरौ त तपाइँ हामी मध्येमा पनि विभिन्न तरिकाले हाँस्ने छौ नी हैन त ?
कोही मुसुक्क हाँस्छौ ,कोही खित्का छाडेर हाँस्छौ , सकैको हाँसो अट्टाहस हुन्छ त कोही मनमनै हाँस्ने स्वभावका हुन्छौ ।जो जसरी हाँसे पनि हाँसो भने अमुल्य छ है । तर यसमा खर्च भने कत्ति पनि हुदैन ।
हाँसोले रगत रक्तसञ्चार प्रकृयामा समेत योगदान पु¥याउँदछ र हाम्रो स्वस्थ्यमा बुद्धि गर्दछ । जब स्वास्थ्यमा बुद्धि हुन्छ , तब शरीर र मनमा तागत बढ्दछ । उत्साह बढ्छ र कार्यक्षमतामा बुद्धि भई सफलताको सिंढीमा चढ्न धेरै सजिलो हुन्छ ।
हँसिलो व्यक्तित्वलाई सबैले मन पराउँछन् । सबैले माया गर्छन । हंँसिला मानिसहरु र उनिहरुको कार्य सबैले सधैं याद गरिरहन्छन् । हँसिलो मुहार सधै प्रिय हुन्छ । वास्तवमा हँसिलो अनुहार साह्रै सुन्दर पनि देखिन्छ ।
वास्तवमा प्रेम ,स्नेह , खुशी जस्ता कुराहरु जति धन तिरेपनि अवश्यक परेका वेला किन्न सकिने चिज होइनन् । मुस्कान पाउनेले आनन्द पाउँछ र दिनेको केही घटदैन पनि । मुस्कान थकितहरुकालागी आराम हो , निराशहरुको लागी आशा हो , दुखीमनहरुका लागी यो एउटा अचुक औषधी नै हो ।
तपाई हामो हाँसो भरिलो होस । प्राकृतिक होस । मधुर होस् अनि साँचो होस् । दिन भरिको थकानले कहिलेकाहीं तपाईंका नजिककाले तपाईंलाई मुस्कान दिन नसक्लान । बरु तपाईं नै उनिहरुलाईं मुस्कान दिने की ! ल, अब मौका मिल्दासम्म मज्जाले दिल खोलेर हाँसौ । अरुलाई पनि हसाऔं । बाँचौ अनि बचाऔं । हाम्रो साझा पाना अनलाइन न्युज पोर्टलसँग जोडिनुभएका तपाईं सबैलाई विश्व हाँसो दिवसको शुभकामना !
क्याटेगोरी : जीवनशैली
ट्याग : #विश्व हाँसो दिवस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्