यस्तो छ यौन क्षमता बढाउने उपाय
नाइट डेटिङमा जानुस्: सातामा कुनै दिन भव्य रूपमा सेक्स गर्ने योजना बनाउने गर्नुभएको छ भने यसमा थोरै बदलाव ल्याउनुस्। रोमान्टिक फिल्म हेर्दै सेक्स गर्ने गर्नुभएको छ भने केही समयपछि यो पट्यारलाग्दो बन्न जान्छ। यसलाई छोडेर बिहेअघिजस्तै नाइट डेटिङमा जाने गर्नुस्। सिनेमाको नाइट शो हेर्न, डिनर गर्न अथवा रात अन्तै कतै बिताउनेगरी जानुहोस्।
घरको काम बाँड्नुस्: राती भान्साको काम श्रीमान्–श्रीमती मिलेर गर्नुस्। यसो गर्दा आत्मीयता बढ्छ। रातको समयमा निकट रहेर काम गर्दा रतिरागात्मक भाव पनि उत्पन्न हुन्छ।
ढोका बन्द गर्नुस्: सुत्ने बेलामा कोठाको चुकुल लगाउने गर्नुुस्। कहिलेकाहीँ नराम्रो सपना देखेर छोराछोरी तर्सिंदा सीधै तपाईंको कोठामा आउन सक्छन्। ढोका खुला हुँदा घरमा पालेका बिरालो वा कुकुर तपाईंको कोठामा छिर्न सक्छन्। जसले गर्दा तपाईंको सेक्स मुड बिग्रिन सक्छ।
सेक्सलाई रुटिनमा राख्नुस्: दैनिक क्रियाकलापको सूचिमा सेक्सलाई पनि थप्नुहोस्। यसरी सूचिमा राख्दा दिउँसोदेखि नै तपाईंको मुड सेक्सका निम्ति तयार हुँदै जान्छ।
लुब्रिकेन्ट जगडा राख्नुस्: प्राक्क्रीडामा पर्याप्त समय नदिँदा अथवा अन्य कारणले योनि सुक्खा भयो भने महिलाले सेक्सप्रति रुचि देखाउँदैनन्। उनीहरूको कुरा बुझेर लुब्रिकेन्ट अथवा योनि म्वइस्चराइजरको व्यवस्था गर्नुहोस्।
तनावरहित हुनुहोस्: तनाव भुलाउन सेक्स गर्ने होइन, सेक्स गर्नुअघि तनाव विसर्जन गर्ने गर्नुस्। जागिर, व्यापार, घरायसीलगायत विभिन्न कुरा मनमा खेलाएर सेक्समा डुब्न सक्नुहुन्न। तनाव लिँदा शरीरमा कोर्टिसोलजस्ता हर्मोन उत्सर्जन हुन्छ, जसले यौन हर्मोनलाई निस्तेज गरिदिन्छ र यौनक्रीडा चाहेजस्तो हुँदैन।
चिल्लो कम खानुहोस्: चिल्लोचाप्लो खाने कुरा खाने गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ। जर्नल अफ मेडिकल साइन्समा प्रकाशित एउटा अनुसन्धान रिपोर्टअनुसार शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्यो भने यसले यौनांग वरपर हुने रक्तसञ्चारलाई निस्तेज गरिदिन्छ। जसले गर्दा कामोत्तेजना जाग्दैन। कोलेस्ट्रोलले महिलालाई चरमोत्कर्षमा पुग्न दिँदैन। त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाएर यौन जीवन सुखमय बनाउन फलफूल र तरकारी बढी खाने गर्नुस्।
यौनवद्र्धक खाना खानुस्: एभोकाडो, बदाम, स्ट्रबेरी, कुरिलो, खर्बुजा, कालो चकलेटलगायत यौनवद्र्धक खानेकुरामध्ये कुनै एक अथवा एकभन्दा बढीलाई दिनहुँ खानुहोस्। यी खानेकुराले तपाईंलाई स्वस्थ यौन जीवन प्रदान गर्छन्।
सम्बन्धको निरीक्षण गर्नुस्: बेडरुमभित्रको सम्बन्धलाई बेडरुमबाहिरको सम्बन्धले धेरै हदसम्म प्रभावित गर्छ। एउटा फोन कल, सञ्चोबिसञ्चो सोध्ने बानीजस्ता स–साना कुराले दाम्पत्य जीवनमा ठूलो अर्थ राख्छन्।
व्यायाम गर्नुस्: व्यायामले यौन जीवनलाई सुखद बनाउन मद्दत गर्छ। महिलाको यौन जीवन भव्य बनाउन व्यायामले अझै बढी मद्दत गर्छ। व्यायाम पार्टनरसँग गर्दा राम्रो हुन्छ। हरेक साता आधा घण्टासम्म पसिना निस्किनेगरी व्यायाम गर्नाले यौन चाहना र सन्तुष्टि बढ्ने एक अनुसन्धानले देखाएको छ।
स्वास्थ्यबारे सचेत रहनुस्: छाला तथा योनि सुक्खा हुने, कपाल झर्ने, आलस्य महसुस हुने, निद्रालगायत समस्या देखिँदा चिकित्सकलाई सम्पर्क गरिहाल्नुस्। किनकि, यो थाइराइडको लक्षण पनि हुन सक्छ। यो रोगले यौनेच्छामा कमी र गर्भक्षमतामा ह्रास ल्याउने गर्छ। रक्त परीक्षणले थाइराइड लागेको वा नलागेको थाहा पाई उपचार गर्न सकिन्छ।
गर्भनिरोधक औषधि बदलिरहनुस्: दम्पतिले गर्भनिरोधक साधन तथा औषधि लिएको हुनसक्छ। शरीरमा हुने हर्मोनको मात्रा परिवर्तनले सेक्सप्रतिको उत्सुकता र लगावमा परिवर्तन ल्याउँछ। लामो समयसम्म एउटै किसिमको गर्भनिरोधक औषधि सेवन गर्नाले शरीरमा एस्ट्रोजेन र टेस्टोस्टेरोन हर्मोनको मात्रा घट्न पुग्छ। जसले मानिसको सेक्सप्रतिको रुचि घटाउँछ। त्यसैले गर्भनिरोधक औषधि र विधिमा परिवर्तन गरिरहनुपर्छ।
अन्य औषधि परिवर्तन: गर्भनिरोधक औषधिमात्र होइन, रक्तचाप, पेटसम्बन्धी रोग, एन्जाइटी, डिप्रेसनलगायत लामो समयसम्म औषधि खानुपर्ने समस्या भएका मानिसले स्वस्थ यौनजीवनका लागि चिकित्सकको सल्लाहमा बेलाबेलामा औषधिको ब्रान्ड परिवर्तन गर्नुपर्छ। एउटै ब्रान्डको औषधि लामो समय खानाले शरीरमा सेक्स हर्मोनको उत्सर्जनमा कमी आउँछ।
चिकित्सकलाई भेट्नुस्: अमेरिकाको स्ट्यानफोर्ड हस्पिटल एन्ड क्लिनिकको महिला यौन उपचार संकायका वरिष्ठ डाक्टर लिह मिलहेइजरका अनुसार माथि उल्लिखित जीवनशैली अपनाउँदा पनि यौन क्षमता बढेन भने चिकित्सकको परामर्श लिनुपर्छ। सेक्स हर्मोन उत्सर्जन बढाउने औषधि चिकित्सकको सल्लाहमा खाएर यौन जीवन सुखमय बनाउन सकिन्छ।
क्याटेगोरी : जीवनशैली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्