फेसियल हाउसको आयोजनामा हेयर सेमिनार
काठमाडौं, २६ ज्येस्ठ – फेसियल हाउसले एक दिने हेयर सेमिनारको आयोजना गरेको छ । शनिवार सिटीसी मलमा आयोजित उक्त सेमिनारमा करिब ५० जना ब्यूटीसियन एबम् हेयर डिजाईनरहरुले सहभागिता जनाएका थिए । सो अवसरमा मायाज ब्यूटी पार्लरकी प्रबन्ध संचालक समेत रहेकी ख्यातिप्राप्त ब्यूटीसियन तथा हेयर डिज़ाइनर गीता गिरीले हेयर स्टाईल मास्टर क्लास सम्बन्धी बिशेष कक्षा संचालन गरेकी थिईन ।
सेमिनारमा संचालित हेयर स्टाईल मास्टर क्लास अन्तर्गत ७ विधा समेटिएको थियो । जसमा फ्लावर, मेसी लङ हेयर, हेभी ब्राईडल, क्रेजी, क्रिम्पिङ, स्टिक र क्रिम्पिङ स्टाईल रहेका थिए । सेमिनारको अन्त्यमा सहभागीहरुलाई सहभागिताको प्रमाण पत्र समेत वितरण गरिएको थियो ।
ब्यूटीसियन तथा हेयर डिज़ाइनरलाई हेयर स्टाईल सम्बन्धी एडभान्स सिप उपलब्ध गराउने उदेश्यका साथ सेमिनारको आयोजना गरिएको फेसियल हाउसकी प्रबन्ध निर्देशक सुश्मा महराले बताईन ।

त्यसै गरि फेसियल हाउसले मिस्टर एण्ड मिस लिटिल च्याम्प २०१९ कि विजेता ९ बर्शिया बालिका पिञ्जु बुढा मगरको सफलताको कदर गर्दै सम्मान गर्यो । शनिवार सिटीसी मलमा आयोजित सेमिनार कार्यक्रम माझ फेसियल हाउसले पिञ्जुले ताज जितेको खुसियालीमा केक काटेको थियो । फेसियल हाउसकी प्रबन्ध निर्देशक सुश्मा महराले बाल प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यका साथ सम्मान स्वरुप कार्यक्रम राखिएको बताईन ।

कलाकारितामा विशेष रुची भएकी प्रतिभाशाली बालकलाकार पिन्जुले गत शनिवार मात्रै मिस्टर एण्ड मिस लिटिल च्याम्पको उपाधी जितेकी थिईन । प्रशुन संगीत विद्यालयले आयोजना गरेको सो प्रतियोगितामा उपाधीका लागि २५ जनाले प्रतिष्पर्धा गरेका थिए ।
बालअधिकार बारे सोधिएको प्रश्नमा सही र सटिक जवाफ दिएर पिन्जु विजेता बनेकी हुन् । लिटिल मिस च्याम्पको उपाधी सहित उनले वेष्ट क्याटवाक अवार्ड पनि जितेकी थिइन् । पिञ्जु हाल पानीपोखरी स्थित भानुभक्त मेमोरियल विधालयमा कक्षा चारमा अध्ययनरत रहेकी छिन् । पिञ्जुले सानै उमेर देखी निर्त्य र अभिनयमा बिशेष रुचि राख्ने गरेको उनकी आमा प्रगती महराले बताईन ।
क्याटेगोरी : जीवनशैली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्