गाँजा खाने महिलामा यौन उत्तेजना दुई गुणा बढी
अमेरिकामा हालसालै गरिएको एक अध्ययनले एकतिहाइ महिला यौन सम्पर्कभन्दा अगाडि गाँजाको प्रयोग गर्ने देखाएको छ ।
गाँजा पिएपछि यौन सम्पर्क राख्दा बढी सन्तुष्टि महसूस भएको र यौनप्रति इच्छा अझै बढेको अध्ययनमा संलग्न महिलाहरुले बताएका थिए । त्यस्तै, यौन सम्पर्कको बेला बढी लुब्रिकेशन (तरलता) को महसूस हुनुका साथै पीडा पनि कम भएको उनीहरुको भनाइ थियो ।
यौन सम्पर्कभन्दा अगाडि मारिजुआना अर्थात् गाँजा पिउने महिलाले गाँजाको प्रयोग नगर्ने महिलाको तुलनामा दुई गुणा अर्गाजम (यौनसन्तुष्टि) प्राप्त गरेको बताएको भन्दै सेक्सुअल मेडिसिन नामक पत्रिकाले अध्ययन प्रतिवेदन प्रकाशित गरेको हो ।
अनुसन्धाताका अनुसार गाँजाले यौन स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने विषयमा निकै कम अध्ययन भएका छन् । गाँजाले मस्तिष्कमा रहेको यान्नाबिनोइड रिसेप्टरमा असर पुर्याउँछ जुन यौनिक अवयवसँग सम्बन्धित छ ।
यो अध्ययनमा विशेषतः महिलाको यौनजीवनमा सन्तुष्टि, यौन उत्तेजना, चरमोत्कर्ष, तरलता, यौनसम्पर्कको बेला हुने पीडा आदिसँग गाँजाको कस्तो सम्बन्ध रहन्छ भनी खोजी गर्ने कोसिस गरिएको अनुसन्धाताको भनाइ छ ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #गाँजा खाने महिला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्