मुटुलाई स्वस्थ राख्न खानुहोस यी ५ कुरा
शरीर सञ्चालन गर्ने महत्वपूर्ण अंग मुटुलाई स्वस्थ राख्न निकै आवश्यक छ । मुटुलाई स्वस्थ राख्न्को लागि हामीले दैनिक रुपमा खाने खानामा पनि ध्यान दिनुपर्छ । हामीले दैनिक रुपमा प्रयोग गर्ने मसला केवल स्वादको लागि मात्र नभई स्वास्थ्यको लागि पनि पोषक तत्वको रुपमा मानिन्छ । कतिपय मसलाका सामग्रीले हामीलाई स्वस्थ राख्न समेत मद्दत गर्दछ ।
यदि तपाइ आफ्नो मुटुको स्वास्थ्यलाई लिएर चिन्तित हुनुहुन्छ भने यि ५ मसलाको प्रयोग गर्न सक्नुहुनेछ, जसले तपाइको मुटुलाई स्वस्थ राख्दछ ।
१.लसुन
कोलस्ट्रोलको मात्रामा वृद्धि हुनु भनेको मुटुमा असर गर्ने खतराको सुचक हो । यदि तपाइ कोलस्ट्रोलको लेवललाई कन्ट्रोल गर्न चाहनुहुन्छ भने आफ्नो दैनिक खानामा लसुनलाई समावेश गर्नुहोस् । लसुनमा एलिसिन नामक एन्टी अक्सिडेन्ट गुण पाईन्छ जसले कोलस्ट्रोल र ब्लड प्रेशरलाई नियन्त्रण गर्दछ ।
२.बेसार
रोग प्रतिरोधात्मक क्षमताले भरपूर हुन्छ बेसार, जसले कोलस्ट्रोलको लेवललाई कम गर्दछ । यसको अलवा यसले मधुमेहबाट पनि बचाउँछ ।
३. मरिच
कालो मरिचले पनि मुटुलाई बचाउने काम गर्दछ । यसले मुटुलाई सुरक्षा दिने काम गर्दछ ।
४. दालचिनी
दालचिनी खाने गर्नाले शरीरमा रगतको फ्लोलाई निकै राम्रो बनाउने गर्दछ । मुटुसँग जोडिएको समस्याबाट बच्नको लागि दैनिक केही दालचिनीको टुक्रा सेवन गर्नु राम्रो मानिन्छ ।
५. धनिया
धनियाको बिउमा पनि रोग प्रतिरोधात्मक गुण हुन्छ । कोलस्ट्रोलको सन्तुलित गर्न, शरीरमा रगतको बहाव बढाउन धनियाको सेवन निकै राम्रो मानिन्छ ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #मुटुलाई स्वस्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्