के तपाइलाई पैसाको कमी छ ? आजै अपनाउनुहोस यी उपायहरु
एजेन्सी । बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस् । तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन । घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।
ज्योतिष विज्ञानका अनुसार मानिसहरुले त्यस्ता पुराना परम्पराहरुको ध्यान आज पनि राखेमा त्यसबाट सकरात्म कफलहरु पाइन्छन । बिहान सबेरै यस्ता परम्परागत काम गर्नाले घरमा लक्ष्मीको साथमा अन्य सबै देवीदेवताहरुको कृपा पाइन्छ ।
१. बिहानबिहानै हत्केला हेर्नुहोस्ः
बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्नुहोस । मान्यता यो छ कि यो काम गर्नाले महालक्ष्मी, सरस्वतीको साथमा भगवान् विष्णुको कृपा समेत मिल्छ ।
२. मन्दिर सफा राख्नुहोस्ः
घरको मन्दिरमा मुर्ति र पुजाको सामान सही ढंगले सजाएको हुनपर्छ । यसबाट देवीदेवता प्रशन्न हुन्छन् र कुन्डलीको दोष पनि शान्त हुनसक्छ ।
३. बिहानै भुमिलाई प्रणाम गर्नुहोस्ः
बिहान पलङबाट खुट्टा भुँईमा राख्नभन्दा पहिले भुमिलाई प्रणाम गर्न पर्छ । साथमा क्षमा पनि माग्नुपर्छ किनभने धर्तीमा खुट्टा राख्नाले हामीलाई दोष लाग्छ ।
४. गाईलाई रोटी खुवाउनुहोस्ः
सधै बिहान जब रोटी बनाउनुहुन्छ तब पहिलो रोटी गाईको लागि छुट्याउनुहोस । तपाईको घर वरपर गाई छ भने त्यो रोटी गाईलाई खुवाउनुहोस ।
५. सुर्यलाई जल चढाउनुहोस्ः
सधैं बिहान सुर्यलाई जल चढाउन पर्छ । यस उपायबाट घरपरिवार र समाजमा मान सम्मान पाइन्छ र सुर्य सँग सम्बन्धित दोष छ भने त्यसबाट पनि मुक्ति पाइन्छ
क्याटेगोरी : जीवनशैली
ट्याग : #पैसाको कमी छ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्