विवाहको अघि के-के सोच्छन् महिला ? थाहा पाउनुहोस
एजेन्सी । विवाह बन्धनमा बाँधिन अघि महिलाहरुको मनमा धेरै प्रश्नहरु उत्पन्न हुन्छन् । आफ्ना त्यस्ता प्रश्नहरुको जवाफ पाउन उनीहरु कहिले आफ्नो विवाहित साथीहरुसँग कुरा गर्छन् । यदि कुनै पनि महिलाले विवाह अघि उत्पन्न हुने त्यस्ता प्रश्नहरुको जवाफ समयमै पाए भने उसको बाँकी वैवाहिक जिवन निकै सफल र सुखदायी हुन्छ ।
आज हामी तपाईलाई आफ्नो विवाहको अघिल्लो रात युवतीहरुको मनोदशाको विषयमा बताउने छौं ।
१. सही वा गलत फैसला
मानिसहरुलाई विवाह अघि एउटा युवतीले हनिमूनको गन्तव्यबारेमा मात्र सोच्ने गर्छन् भन्ने लाग्छ तर यो साँघुरो सोच हो । वास्तवमा विवाहलाई लिएर महिलाहरुको मनमा धेरै सपना र योजनाहरु हुन्छन् र जीवनको अहम् क्षण अघि उनीहरुलाई डर र चिन्ताले गाँजेको हुन्छ । उनीहरु आफूले लिएको निर्णयको बारेमा दोस्रोपटक सोच्छन् गहिरिएर । यो निर्णय लिन हतार त गरिन, निर्णय सही हो वा गलत यस्ता धेरै प्रश्नहरु महिलाको मनमा खेल्ने गर्छ ।
२. नयाँ घरले कस्तो व्यवहार गर्लान्
महिलाको मनमा विवाहको अघिल्लो दिन जरुर यो प्रश्न उठ्छ कि मेरो नयाँ घर कस्तो होला, नयाँ सदस्य कस्ता होलान्, कस्तो व्यवहार गर्लान् इत्यादी । नयाँ परिवारले आफूलाई बुझ्छन्, बुझ्दैनन्, आफ्नो करियरलाई बनाउन सहयोगी हुन्छन् कि हुँदैनन् भन्ने प्रश्नहरुले विशेष स्थान लिन्छन् ।
३. जीवन साथी
एउटा महिलाले विवाह अघि नै आफ्नो मनमा उसको हुनेवाला जीवनसाथीको छविको कल्पना गरेकी हुन्छन् । विवाहको अघिल्लो रात एउटी महिलाभित्र निकै चिन्ता र डर हुन्छ कि हुनेवाला जीवनसाथी आफ्नो कल्पना अनुरुप हुन्छ वा हुँदैन भन्ने ।
४. विवाहमा हुने खर्च
विवाहमा हुने खर्च पनि एउटा विषय हो जुन प्रत्येक महिलाको मनमा विवाह अघि उठ्ने गर्छ । आफ्नो विवाहले परिवारमा पार्ने आर्थिक बोझका बारेमा एउटा जिम्मेवार महिला सधै सजक र चिन्तित रहन्छिन् ।
५. यौनसम्पर्क
महिलालाई विवाह अघिको रात जीवनको पहिलो शारीरिक सम्बन्धको जरुर त्रास र भय हुन्छ । यदि कुनै महिला त्यसको लागि मानसिकरुपमा तयार छैनन् भने त्यस समय ती महिलाका लागि यो सोचले अझ जटिल समस्या उत्पन्न गराउँछ ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #विवाहको अघि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो






तपाईको कमेन्ट लेख्नुहोस्