सपनामा के देखेमा कस्तो फल ?
सपना भनेको दिनभरीको काम अनि सुत्नुभन्दा अगाडी सोचिएको विषयलाई नै सपनामा देख्ने गरिन्छ भन्ने विश्वास रहिआएको छ ।
पहिलो प्रहरमा देखिएको सपना एक वर्षमा फलदायक हुन्छ, अर्को दोश्रो प्रहरमा देखिएको सपना आठ महिनामा, तेश्रो प्रहरको आधा महिनामा र अरु सुर्योदयमा देखेको सपना दश दिनमा फलदायी हुन्छ ।
कस्तो सपना देखेमा शुभ हुन्छ :
१.सपनामा पर्वत, हात्ती, घोडा, गोरु आदिमा सवार गरेर हिडेको देख्नुलाई शुभ मानिन्छ ।
२.वादविवादमा विजय हासिल गरेको देखेमा, काच्चो मासु खाएको देखेमा, रगत वा रगते नुहाएको देखेमा राम्रो मानिन्छ ।
३.यदि कुनै व्यक्तिले एक्कै रातमा शुभ वा अशुभ दुवै सपना देख्छ त्यसमा शुभ सपना देख्नु चाही पुरा हुने मान्यता रहेको छ ।
सपनामा देख्नु अशुभ मानिन्छ:
१.दाँत झरेको वा भाँच्चिएको देखेमा दु:ख र झन्झट आईपर्छ ।
२.घना बादल देखेमा विरक्ति उत्पन्न हुन्छ ।
३.भूइँचालो गएको सपना देखेमा सन्तान कष्ट र दु:ख हुन्छ ।
४.रत्न वा मणि देखेमा दु:ख बढ्छ, अपव्यय हुन्छ ।
५.सुकेको बगैँचा देखिएमा विपत्तिमा फसिन्छ । सुकेको अन्न खाएको सपना देखेमा कष्ट र व्यर्थमा हैरानी हुन्छ ।
६.सुराही देखेमा आवारा मानिससँग संगत हुन्छ ।
७.सपनामा रोएको देखे असह्य बिमारी वा सन्तान कष्ट हुनसक्छ ।सर्प मरेको देखेमा मृत्युको भय हुन्छ ।
८.माकुरोले टोकेको देखेमा रोगले आक्रमण गर्छ ।
९.बिच्छिले डसेको देखेमा मुत्युकारक हुन्छ ।
१०.सपनामा स्याल देखिनु मृत्यु र दु:खको कारक हो ।
११.रोगी पशु देखेमा जेठो छोरोलाई कष्ट पर्छ ।
१२.सपनामा काग देखेमा अशुभ हुन्छ । मृत्युको भय हुन्छ ।
१३.सपनामा बिरालो देखिए चोरी हुन्छ, शत्रु बढ्छन् ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #सपना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्