प्याजका १० फाइदा : क्यान्सर देखि मधुमेह सम्मको औषधि
विज्ञहरुका अनुसार प्याजमा निकै लाभदायक तत्वहरु पाइनुका साथै यसमा औषधिय गुण समेत पाइन्छ । प्याज खानुका मुख्य फाइदाहरु यस्ता छन्
१. क्यालोरी दहन गर्न – बढि क्यालोरीयुक्त खाद्यपदार्थ खानाले मोटोपना लगायतका समस्या आउन सक्छ । तर प्याज यस्तो खाद्यपदार्थ हो जसले क्यालोरी दहन गर्न मद्दत गर्दछ । प्याजले कार्बोहाइड्रेटलाई पचाउन सहयोग पूराउँछ ।
२. महिनावारीको बेला हुने पीडा कम गर्न समेत प्याजको सेवन लाभदायक हुन्छ । प्याजमा हुने तत्वले पेन किलरको काम गर्छ । सामान्यतया महिनावारी हुने नियमित समयको ४-५ दिनअघि देखिबाट नियमित रुपमा प्याज खाने गरेमा महिनावारी हुँदा दुखाइ बढि हुने महिलालाई फाइदा पुग्छ ।
३. दागधब्बा हटाउन सहयोग गर्छ । प्याजमा हुने भिटामिन सी तथा एन्टिसेप्टिक तत्वले डार्क स्पट तथा कालो पोतो कम गर्दछ । प्याज पिँधेर त्यसको लेप दहिमा मिलाएर अनुहार तथा सरीरमा लगाउनाले जिउमा भएका दाग धब्बा कम हुन्छ ।
४. प्याजमा क्यान्सर प्रतिरोधी तत्व हुन्छ । प्याजको नियमित सेवनले टाउको, घाँटी तथा पेटको क्यान्सरको खतरा कम गर्ने वैज्ञानिकहरुले बताएका छन् । प्याजमा हुने अर्गानोसल्फ तत्वले क्यान्सर प्रतिरोधी तत्वको रुपमा काम गर्छ । यसले क्यान्सर जन्य कोषलाई रोक्दछ ।
५. प्याजको सेवनले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । प्याजमा हुने फाइटोकेमिकल्सले जिउमा भिटामिन सी केा प्रभाव बढाउँछ र रोग प्रतिरोधी क्षमता बढाउँछ ।
६. दिनहुँ प्याजको सेवनले रुघाखोकी तथा चिसोको समस्या पनि कम गर्छ ।
७. प्याजमा एन्टी फ्लामेटरी तथा एन्टी सेप्टिक र एन्टी ब्याक्टेरियल गुण हुन्छ । तसर्थ प्याज दिनहुँ खाने गर्नाले पेट दुख्ने, आन्द्राको संक्रमण लगायतका जोखिम कम हुन्छ ।
८. निद्रा नपर्ने समस्या भएकाहरुका लागि प्याजको सेवन लाभदायक हुन्छ । बेलुकीको खानामा प्याजलाई सलादको रुपमा खाने गर्नाले मीठो निद्रा पर्छ ।
९. मधुमेहको जोखिम घटाउँछ । प्याजमा कम मात्रामा क्यालोरी हुन्छ । साथै यसमा फाइबर, आइरन, पोटासियम, भिटामिन्स तथा अन्य विभिन्न खाले पोषक तत्व समेत हुन्छ । त्यसैले प्याजको सेवनले रगतमा चिनीको मात्रा सन्तुलित गराउन सहयोग गर्छ । साथै मधुमेहका रोगीको लागि समेत प्याजको सेवन फाइदाजनक हुन्छ ।
१०. मुखबाट गन्ध आउने तथा दाँत, गिँजा र मुखमा संक्रमण भएका हरुका लागि प्याजको सेवन फाइदाजनक हुन्छ । प्याजको सेवनले मुखमा रहेका हानिकारक जिवाणु नष्ट गर्न सहयोग गर्छ । एजेन्सीको सहयोगमा
क्याटेगोरी : जीवनशैली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्