युरोपको क्वारेन्टिनबाट जन्मिएको “६ मिनेट ६” लिस्वन।
पोर्तुगलमा अनलाईन टेलिभिजन मार्फत् एक पृथक कार्यक्रम सञ्चालन हुने भएको छ । घरदेशमा जस्तो सहजै परदेशमा समय उपलव्ध नहुने र कार्य व्यस्तताका कारण परदेशमा सबैजना व्यस्त हुने भएकाले ६ मिनेट सबैमा प्रयाप्त हुने भएकाले कोरोनाको समयमा यस्तो खालको कन्सेप्ट तयार गरिएको हो ।
एक दशक देखि पत्रकारीताको क्षेत्रमा कलम चलाउदैं आएका सञ्चारकर्मी यादव देवकोटाले “६ मिनेट ६” नामक कार्यक्रमको कन्सेप्ट तयार पारी कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।
प्रवासमा राजनितिका कुरा गर्न नभ्याउने बताउदै उनले प्रवासी समयको महत्व बुजेर कार्यक्रम तयार पारिएको बताए । थोरै समयमा प्रवासमा धेरै प्रभाव पर्ने खालको कार्यक्रम रहेको उनको भनाई छ ।
नेपालमा जस्तै पूर्णकालिन पत्रकारीत गर्न प्रवासमा सम्भव नभएको हुँदा सोखका लागि गरिने पत्रकारका लागि यो कार्यक्रम प्रभावकारी हुने उनको अपेक्षा छ । मोफसलदेखि बाहिरी जिल्ला होस् वा देशदेखि विदेशसम्म नै किन नहोस्, सञ्चारकर्मको मोह र ममता रत्तिभर नघट्ने र घट्न दिननहुने सञ्चारकर्मी देवकोटाको जिकिर छ ।
कोरोना भाइरसको समयमा तयार पारिएको कन्सेप्टले मानसिक रुपमा निम्त्याएको त्रास भन्दा पनि शारिरीक रुपमा केहि आराम मिलेको उनी बताउछन् । छोटो समयमा महत्वपूर्ण र मार्गदर्शक बन्ने धेरै विषयलाई उजागर गर्ने कार्यक्रमको उद्धेश्य रहेको छ ।
प्रवासी नेपालीहरुको पिडा, विस्मात, समस्या र उनीहरुको दुःख पछिको सुखमा केन्द्रित भएर कार्यक्रम गरिनेछ । पत्रकार महासंघको शाखा प्रवासमा खुलेता पनि पत्रकारहरुको स्तर मापनको आधार तयार हुन नसकेको बताउदैं सञ्चारकर्मी देवकोटाले मूलधारमा पत्रकारीता गरेका राम्रा पत्रकारहरु प्रवासमा विलिन नहुन भनेर कार्यक्रमलाई अगाडी बढाउन हौंसिएको बताए ।
मुलुकको हितमा भन्दा प्रवासमा हुने राजनितिमा प्रवासी पत्रकारीताले स्थान जमाएको भन्दै त्यसको अन्त्यको आवाज उठाउनु आजको आवश्यकता रहेको समेत सञ्चारकर्मी देवकोटाले बताए ।
साप्ताहिक रुपमा प्रसारणमा आउने कार्यक्रम युरोपियन युनियनमा सबैभन्दा बढी नेपाली बसोबास गर्ने मुलुक पोर्चुगलबाट उत्पादन गरिने छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #युरोपको क्वारेन्टिन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्