१२८ वर्षपछि ओलम्पिकमा फर्किँदै क्रिकेट, नेपालले खेल्न पाउला
लस एन्जलस । विश्वको सबैभन्दा ठूलो खेलकुदमा मेला ओलम्पिकमा १२८ वर्षपछि क्रिकेटले पुनरागमन गर्ने पक्का भएको छ । सन् १९०० मा पेरिस ओलम्पिकमा पहिलो र एक मात्र पटक समावेश भएको क्रिकेट अब सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुने ओलम्पिक खेलमा फेरि फर्किने भएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले क्रिकेटलाई टी-२० स्वरूपमा समावेश गर्ने निर्णय गरेसँगै यसको सेड्यूल पनि सार्वजनिक भएको छ । लस एन्जलसबाट करिब ५० किलोमिटर टाढा रहेको पोमोना शहरको फेयरग्राउन्ड्स स्टेडियममा क्रिकेटका खेलहरू आयोजना हुनेछन् । पुरुष र महिला दुवैतर्फ ६-६ टोलीले टी-२० स्वरूपमा प्रतिस्पर्धा गर्नेछन् ।
पुरुष र महिलातर्फ ९० खेलाडी (१२ टोलीमा १५-१५ खेलाडी) सहभागी हुनेछन्, जसले कुल १८० खेलाडीलाई ओलम्पिक मञ्चमा प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्नेछ । सेड्यूलअनुसार सन् २०२८ को जुलाई १४ देखि अगस्ट ११ सम्म सञ्चालन हुने ओलम्पिकमा क्रिकेट जुलाई २६ देखि अगस्ट १० भित्र खेलाइने छ ।
सन् १९०० मा पेरिस ओलम्पिकमा क्रिकेट केवल एक प्रदर्शनी खेलको रूपमा समावेश भएको थियो, जहाँ ग्रेट ब्रिटेनले फ्रान्सलाई पराजित गर्दै स्वर्ण पदक जितेको थियो । त्यसयता क्रिकेट ओलम्पिकमा समावेश भएको थिएन ।
सन् २०२३ मा आईओसीले क्रिकेटसहित पाँच नयाँ खेललाई लस एन्जलस ओलम्पिकमा समावेश गर्ने निर्णय गरेको थियो, जसलाई क्रिकेटप्रेमीहरूले ऐतिहासिक कदम मानेका छन् ।
नेपालको सम्भावना कति ?
हालसम्मको अवस्था हेर्दा नेपालले सन् २०२८ को ओलम्पिक क्रिकेटमा खेल्ने सम्भावना कम देखिन्छ, तर असम्भव भने छैन । ओलम्पिक क्रिकेटमा सहभागी टिमको संख्या सीमित भएकाले नेपालको सहभागिता कठिन देखिएको हो ।
आयोजक अमेरिका स्वतः छनोट हुनेछ । बाँकी स्थानहरू आइसीसीको टी-२० वरियतामा आधारित छनोट वा छुट्टै छनोट प्रतियोगिताबाट भरिने सम्भावना छ । नेपाल हाल आइसीसी टी २० आइ वरियतामा पुरुषतर्फ १८ औं स्थानमा छ । शीर्ष १० भित्र नपर्नाले सिधा छनोट हुने नेपालको सम्भावना न्यून छ ।
आइसीसी वा आइओसीले छुट्टै छनोट प्रतियोगिता राखेमा नेपालले सहभागिता जनाउने मौका पाउन सक्छ । तर, त्यसका लागि उत्कृष्ट प्रदर्शन गरेर बलिया टीमहरुलाई पनि पाखा लगाउनुपर्छ । अथवा वरियतामा छलाङ मारेर टप १० भित्र अटाए त्यो सम्भावनाको ढोका खुल्न सक्छ । महिला टिमको सन्दर्भमा सन् २०२८ भित्र ओलम्पिक छनोटमा पर्न गाह्रो देखिन्छ ।
आईसीसीका अनुसार, ओलम्पिकमा क्रिकेटको समावेशले यो खेललाई उत्तर अमेरिका र अन्य गैर–परम्परागत क्रिकेट बजारमा विस्तार गर्न मद्दत पुग्नेछ । ‘यो क्रिकेटको विश्वव्यापीकरणका लागि ठूलो कदम हो,’ आईसीसीले एक विज्ञप्तिमा भनेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #१२८ वर्षपछि ओलम्पिकमा फर्किँदै क्रिकेट, #breaking, #नेपालले खेल्न पाउला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्