ट्रम्पलाई चीनको चेतावनी- धम्कीसँग डराउँदनौं, अमेरिकासँग जस्तोसुकै युद्ध लड्न तयार छौं
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पका एकपछि अर्को निर्णयबाट विश्व व्यवस्था ध्रुवीकृत भइरहेका बेला कम्युनिष्ट मुलुक चीनले अमेरिकासँग जस्तोसुकै युद्धको लागि तयार रहेको चेतावनी दिएको छ ।
ट्रम्पले बढाउँदै लगेको चिनियाँ उत्पादनमा लाग्ने आयातशुल्क ट्यारिफको बदला लिएसँगै चीनले जस्तोसुकै युद्धको सामना गर्न तयार रहेको बताएको हो ।
ट्रम्पले सबै चिनियाँ वस्तुमाथि थप ट्यारिफ लगाएपछि विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र मानिएका अमेरिका र चीन आमुन्नेसामुन्ने भएका हुन् । ट्रम्पले व्यापार युद्ध छेडेको आरोप बेइजिङले लगाएको छ ।
ट्रम्पको कदमको बदलामा चीनले पनि तत्कालै अमेरिकी कृषिजन्य वस्तुहरूमा १० देखि १५ प्रतिशत आयातशुल्क लगाइदिएको छ ।
वासिङटनस्थित चीनिया दूतावासले भनेको छ, ‘यदि अमेरिकाले युद्ध नै चाहेको हो भने, चाहे त्यो ट्यारिफ युद्ध होस्, वा व्यापार युद्ध वा जस्तोसुकै प्रकारको अन्य युद्ध, हामी अन्त्यसम्म लड्न तयार छौँ ।’
चीनमा राष्ट्रिय जनकङ्ग्रेसको वार्षिक सम्मेलनका लागि देशभरका कम्युनिस्ट नेताहरू बेइजिङमा भेला भइरहेका बेला अमेरिकाप्रति निकै कठोर टिप्पणी आएको बीबीसीले जनाएको छ ।
अमेरिकाले ‘फेन्टनिल’ लागुऔषध भित्रिनुमा चीनलाई दोष दिने गरेकोमा चिनियाँ विदेश मन्त्रलायले कडा आपत्ति जनाएको छ । फेन्टनिलको मामिला अमेरिकाले चिनियाँ आयातमा ट्यारिफ लगाउनका निम्ति पेस गरिएको कमजोर बहाना भएको विदेश मन्त्रालयले जनाएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘धाकधम्कीबाट हामी डराउँदैनौं । अमेरिकाले डर देखाएर हामीसँग हुँदैन । दबाब दिनु, जबरजस्ती गर्नु र तर्साउनु चीनसँग व्यवहार गर्ने उचित तरिका होइन । हामी बदला लिन तयार छौं ।’
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking, #अमेरिकासँग जस्तोसुकै युद्ध लड्न तयार छौं, #ट्रम्पलाई चीनको चेतावनी- धम्कीसँग डराउँदनौं
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्