अमेरिकाले पनामाको होटलमा राख्यो नेपालीसहित ३ सय बढी आप्रावासी
पनामा, ९ फागुन । अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपति बने लगत्तै धेरै ठूला निर्णय लिइरहेका छन् । जसमध्ये एउटा हो, अमेरिकामा गैरकानुनी रूपमा बसेका मानिसहरूलाई आफ्नो देशमा फिर्ता पठाउने । यसका लागि अमेरिकाले काम पनि सुरू गरिसकेको छ । यसैबीच केही तस्वीरहरु बाहिर आएका छन्, जसले भावुक बनाउँछ ।
समाचार अनुसार पनामाको एउटा होटलमा करिब ३०० जना आप्रावासीलाई राखिएको छ । यी तस्वीरहरू ती व्यक्तिका हुन्, जसको हातमा ‘हामीलाई मद्दत गर्नुहोस्’ लेखिएको कागज देखिन्छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले पानामाको एक होटलमा करिब ३०० आप्रवासीलाई हिरासतमा लिएर राखेको हो । यी मानिसहरूलाई कडा सुरक्षामा राखिएको छ । होटल मुनी कडा प्रहरी पहरा राखिएको छ, जसका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । तस्वीरमा होटल भित्र मानिसहरु सहयोगको याचना गरिरहेको देख्न सकिन्छ । पोस्टरमा ‘कृपया हामीलाई मद्दत गर्नुहोस्’ र ‘हामी यहाँ सुरक्षित छैनौँ’ जस्ता ब्यानर देखिएको छ ।
यसबारे अधिकारीहरूले हिरासतमा रहेका आप्रवासीमध्ये ४० प्रतिशत अझै पनि आफ्नो देश फर्कन तयार नभएको बताएका छन् । अमेरिकी सरकारले उनीहरुलाई फिर्ता नगए सम्म उनीहरुलाई होटलमा राख्ने निर्णय गरेको छ । मिडिया रिपोर्टका अनुसार यी ३०० आप्रवासीमध्ये धेरैजसो भारत, नेपाल, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, चीन, भियतनाम र इरानका नागरिकहरू रहेका छन् ।
अमेरिकाले यी मध्ये केही देशबाट निर्वासन प्रक्रियामा केही समस्याहरू सामना गरिरहेको छ । यी मानिसहरू सबै समस्या समाधान नभएसम्म यस होटलमा बस्नेछन् ।
पनामाका सुरक्षामन्त्री फ्रान्क एब्रेगोका अनुसार यस विषयमा बाहिर आएको छ । जसमा उनले यी मानिसहरूलाई आफ्नो स्वतन्त्रताबाट वञ्चित नगरिएको बरु आफ्नै सुरक्षाका लागि हिरासतमा लिएको बताएका छन् । एब्रेगोले आप्रवासन सम्झौताअन्तर्गत सबैलाई उचित चिकित्सा सहायता र खाना र पानी उपलब्ध गराइएको बताए ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #अमेरिकाले पनामाको होटलमा राख्यो नेपालीसहित ३ सय बढी आप्रावासी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्