बङ्गलादेशका प्रदर्शनकारीद्वारा अपदस्थ नेतासँग सम्बन्धित भवन ध्वस्त
ढाका, माघ २४ गते । विद्यार्थीले पदच्यूत पूर्व नेता शेख हसिनाका पिताको सङ्ग्रहालय भत्काउन सुरु गरेको केही घण्टापछि सयौँ बङ्गलादेशी प्रदर्शनकारीहरूले बिहीबार हसिनासँग सम्बन्धित भवनहरू भत्काएका छन् ।
हसिनाका दिवङ्गत पिता एवम् बङ्गलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको घर र सङ्ग्रहालयमा गत वर्ष विद्यार्थी नेतृत्वको क्रान्तिको क्रममा आगो लगाइएको थियो । उक्त क्रान्तिले हसिनाको १५ वर्षको निरङ्कुश शासनको अन्त्य गरेको थियो ।
हसिनाले अगस्ट ५ मा हेलिकोप्टरबाट पुरानो मित्रराष्ट्र भारततर्फ उडान भरेको ठीक छ महिनापछि बुधबार राति हथौडा र धातुका डन्डा बोकेको भीडले राजधानी ढाकाको भवनको पर्खालहरू भत्काउन थाल्यो ।
नरसंहारको मुद्दामा ढाकामा मुद्दाको सामना गर्न पक्राउ पूर्जीको अवज्ञा गरिरहनुभएकी ७७ वर्षीया हसिना निर्वासनबाट फेसबुक प्रसारणमा देखापर्ने रिपोर्टहरूको प्रतिक्रियामा विरोध प्रदर्शन भड्किएको थियो ।
बिहीबार बिहान बाँकी रहेको आगोले कालो पारेका पर्खालहरू भत्काउन डिगरहरू प्रयोग गरिँदै थियो ।
प्रदर्शनकारीहरूले हसिनाका दिवङ्गत पतिको ढाकाको घरमा भएको आगलागीसहित हसिनासँग सम्बन्धित देशभरका अन्य घरहरूमा पनि तोडफोड र आगो लगाइदिए ।
सबैभन्दा ठुलो बङ्गाली दैनिक प्रथम आलोले खुल्ना सहरमा हसिनाको परिवारको स्वामित्वमा रहेको भवन ध्वस्त पार्न भीडले सरकारी स्वामित्वको उत्खनन यन्त्र प्रयोग गरेको रिपोर्ट गरेको छ ।
तोडफोड गरिएका घरहरू
पश्चिमी सहर कुष्टियामा प्रदर्शनकारीहरूले हसिनाको अवामी लिग पार्टीका नेता महबुबुल आलम हनिफको घरमा तोडफोड गरेका छन् । चट्टगाँवमा प्रदर्शनकारीहरूले मसाल जुलुस निकाले र शेख मुजिबुर रहमानको भित्तेचित्र तोडफोड गरे ।
अन्तरिम सरकारले आक्रमणको लहरबारे कुनै औपचारिक टिप्पणी गरेको छैन र सुरक्षा बलहरूले प्रदर्शनकारीहरूलाई भवनहरूमा आक्रमण गर्न दिएर हेरिरहे ।
छिमेकका एक निजी सुरक्षा गार्डले परिवारहरूले भरिएका नजिकैका भवनहरूमा आगो फैलिने डरले उनले फायर सर्भिसलाई एक दर्जनभन्दा बढी पटक फोन गरेको बताए ।
“हामीले आफैँले बिजुलीको लाइन काटिदिएका छौँ”, जमाल उद्दीनले भन्नुभयो, “स्थिति कहिले सामान्य हुनेछ मलाई थाहा छैन ।”
रहमानको पूर्व निवास नजिक बस्ने एक पसलेले अराजकताप्रति चिन्ता व्यक्त गरे । “यो तोडफोड राम्रो सङ्केत होइन”, बोलेकोमा प्रतिशोधको डरले नाम नखुलाउन अनुरोध गर्दै उनले भने ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #बङ्गलादेशका प्रदर्शनकारीद्वारा अपदस्थ नेतासँग सम्बन्धित भवन ध्वस्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्