इजरायली सहरले ट्रम्पको नाममा छिमेकलाई नयाँ नाम दिँदै
तेल अभिव, माघ १० गते । जुडिया क्षेत्रमा रहेको इजरायली शहर माले अदुमिमका मेयरले बुधबार आफ्नो नगरपालिका क्षेत्रको एक महत्त्वपूर्ण भागलाई ‘ट्रम्प वन’ (टी–१) को नाममा पुन:नामकरण गर्ने घोषणा गरेका छन् ।
“ट्रम्पको दोस्रो कार्यकाल विशेष गरी जुडिया र सामरियामा यहुदी समुदायलाई बलियो बनाउने एउटा अनौठो अवसर हो”, मेयर गाइ यिफ्राचले भन्नुभयो, “हामी ट्रम्पलाई विश्वास गर्छौं र उहाँले आगामी महिनामा यस क्षेत्रमा निर्माण कार्यलाई बढाउनु हुने विश्वास छ ।”
पहिले ई–१ वा मेभासेरेट अदुमिम भनेर चिनिने माले अदुमिमको नगरपालिका सीमाभित्र पर्दछ र क्षेत्र सी अन्तर्गत छ । त्यहाँ इजरायलसँग प्रशासनिक र सुरक्षा अधिकार छ ।
आवास सङ्कटलाई कम गर्न तीन हजार घरका लागि बनाइएका योजनाहरू बाइडन प्रशासन लगायत अन्तर्राष्ट्रिय विरोधद्वारा अवरुद्ध भएका छन् ।
मेयर यिफ्राचले टी–१ लाई ‘रणनीतिक सम्पत्ति’ का रूपमा वर्णन गर्नुभयो र इजरायली नेताहरूलाई माले अदुमिम र जेरुसलेम बीच भौगोलिक निरन्तरता स्थापित गर्न आह्वान गर्नुभयो ।
इजरायली–प्यालेस्टिनी सम्झौताअनुसार इजरायलले क्षेत्र सी वर्गीकृत क्षेत्रमा पूर्ण प्रशासनिक र सुरक्षा नियन्त्रण राख्दछ ।
ट्रम्पको नाममा पहिले पनि गोलन समुदाय राखिएको थियो । ट्रम्पले गोलन हाइट्समा इजरायली सार्वभौमिकता स्वीकार गरेपछि इजरायलले नयाँ समुदायको नाम रामत ट्रम्प राखेर राष्ट्रपतिलाई सम्मान गरेको थियो ।
इजरायली नेताहरूले बाइडन प्रशासनद्वारा लगाइएका प्रतिबन्धहरू फिर्ता गर्ने कार्यादेशहरूको प्रशंसा गरेका छन् । तिनमा प्यालेस्टिनी विरुद्ध हिंसाको आरोपमा जुडिया र सामरियाका बासिन्दाहरूमाथिका प्रतिबन्धहरू, संयुक्त राष्ट्र राहत र कार्य एजेन्सी युएनआरडब्लुएलाई कोष बन्द गर्ने र अन्तर्राष्ट्रिय अपराध अदालतका पदाधिकारीहरूमाथि पुनः प्रतिबन्ध लगाउने समावेश छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #इजरायली सहरले ट्रम्पको नाममा छिमेकलाई नयाँ नाम दिँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्