राजदूतहरुको एक महिनाको तलब कोरोना उपचार कोषमा
मध्यपूर्व तथा खाडी देशमा खटिएका नौ नेपाली राजदूतले आफ्नो एक महिनावापतको तलब कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।
इजराइल, इजिप्ट, ओमान, कतार, कुवेत, पाकिस्तान र बहराइन, साउदी अरब र युएईका नेपाली राजदूतले आफ्नो एक महिनावापतको तलब सरकारले स्थापना गरेको उपचार कोषमा जम्मा गर्ने निणर्य गरेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले राससलाई जानकारी दिनुभयो ।
कतारका लागि नारदनाथ भारद्वज, इजराइलका लागि डा अञ्जना शाक्य, इजिप्टका लागि झविन्द्रप्रसाद अर्याल, ओमानका लागि शर्मिला पराजुली ढकाल, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, पाकिस्तानका लागि सेवा लम्साल, बहराइनका लागि सुन्दास, युएईका लागि कृष्णप्रसाद ढकाल र साउदी अरबका लागि महेन्द्रप्रसाद सिंह राजपुतले एक महिनाको तलब राहत कोषमा दिने निर्णय गर्नुभएको हो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #राजदूतहरुको एक महिनाको तलब कोरोना उपचार कोषमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्