बन्धक जायदना ‘हमासको कैदमा मारिएको’ इजरायली सेनाद्वारा जानकारी
जेरुसेलम, पुस २६ गते । गाजामा गत अक्टोबर ७ मा भएको आक्रमणपछि लडाकुले बन्धक बनाएका एक इजरायली बन्धकको शव फेला परेको इजरायली सेनाले शुक्रबार पुष्टि गरेको छ ।
फरेन्सिक जाँचपछि इजरायली सेनाले हम्जा अल जायदना ‘हमासको कैदमा मारिएको’ जानकारी उहाँको परिवारलाई बिहीबार दिएको छ । सेनाले उहाँका पिता युसुफको शव बुधबार बरामद गरी इजरायल ल्याइएको घोषणा गरेको थियो ।
प्यालेिस्टनी लडाकूहरूले गाजाको सीमा नजिकै किबुट्ज होलिटबाट बाबुछोरालाई सन् २०२३ अक्टोबर ७ मा कब्जामा लिएका थिए । उनीहरूसँगै अपहरणमा परेका हम्जाकी बहिनी र भाइलाई नोभेम्बर २०२३ मा एक हप्ता लामो युद्धविरामको क्रममा रिहा गरिएको थियो ।
हम्जा अल–जायदनाको भविष्यबारे बुधबार अपुष्ट रिपोर्ट सार्वजनिक भएको थियो, तर शुक्रबार सेनाले उहाँको मृत शरीरको अवशेष पहिचान भएको पुष्टि गरेको हो ।
सन् २०२३ मा हमासले गरेको उक्त आक्रमणमा इजरायली पक्षका एक हजार २०८ जनाको मृत्यु भएको इजरायली आधिकारिक तथ्याङ्कले देखाएको छ ।
इजरायलको जवाफी कारबाहीमा गाजामा ४६ हजार छ जनाको मृत्यु भएको छ, जसमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घले विश्वासिलो मानेको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking, #बन्धक जायदना ‘हमासको कैदमा मारिएको’ इजरायली सेनाद्वारा जानकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्