रूसी वायु सेनाले प्रयोग गर्ने तेल डिपोमा आक्रमण
युक्रेनले रूस–युक्रेन साझा सीमाबाट सयौं किलोमिटर टाढा रूसीे वायु सेनालाई सेवा प्रदान गर्ने रूसी तेल डिपोमा आफ्नो सेनाले आक्रमण गरेको बुधबार जनाएको छ । क्रेमलिनले युक्रेनमाथि आक्रमण सुरु गरेको करिब तीन वर्षपछि मस्को र किएभले ऊर्जा र सैन्य केन्द्रहरूलाई लक्षित गरी सीमापार आक्रमण गरेको शृङ्खलाको यो पछिल्लो आक्रमण हो ।
“युक्रेनी सेनाले सारातोभ क्षेत्रमा रहेको एंगेल्सस्थित रूसी तेल डिपोमा आक्रमण गरेको छ,” युक्रेनी जनरल स्टाफले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ।
“यो तेल डिपोले एङ्गेल्स–२ सैन्य हवाई क्षेत्रलाई इन्धन प्रदान गरेको छ, जहाँ रूसी शत्रुको रणनीतिक उड्डयन रहेको छ,” विज्ञप्तिमा भनिएको छ ।
रूसी अधिकारीहरूले यसअघिको वक्तव्यमा युक्रेनले मानवरहित हवाई वाहनले उक्त क्षेत्रमा आक्रमण गरेको स्वीकारेका थिए ।
युक्रेनको रक्षा मन्त्रालयले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले सारातोभ क्षेत्रमा ११ सहित ३२ वटा युक्रेनी ड्रोनलाई खसालेको जनाएको छ ।
यस क्षेत्रका गभर्नर रोमन बुसार्गिनले युक्रेनी ड्रोन आक्रमणपछि आगलागी भएको स्थानमा आपतकालीन टोली पठाइएको जानकारी दिनुभयो । आक्रमणमा कोही पनि घाइते नभएको बुसार्गिनले बताउनुभयो ।
किएभले युक्रेनमा लडिरहेका रूसी सेनालाई आर्थिक सहयोग गर्न प्रयोग हुने रुसी ऊर्जा राजस्वमा कमी ल्याउने प्रयासको एक हिस्सा तेल प्रशोधन केन्द्रमा यसअघिका आक्रमणहरू भएको दाबी गरेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking, #रूसी वायु सेनाले प्रयोग गर्ने तेल डिपोमा आक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्