श्रीलंकाको आर्थिक वृद्धिदर सकारात्मक
काठमाडौं । श्रीलंकामा आर्थिक सुधार हुँदै गएको छ । दुई वर्षअघि आर्थिक संकटले घेरिएको श्रीलंकामा पहिलो पटक मुलुकको आर्थिक वृद्धिदर सकारात्मक देखिएको हो ।
श्रीलंकाली अधिकारीले आर्थिक वृद्धि भएकोमा खुशी व्यक्त गर्दै सोचेभन्दा पहिले नै स्थिरता प्राप्त भएको बताएका छन् । श्रीलंकाको जीडीपीले गत वर्षको तुलनामा २०२३ को तेस्रो त्रैमासिकमा १।६ प्रतिशतले वृद्धि गरेको छ ।
श्रीलंकाको जनगणना तथा तथ्याङ्क विभागले शनिबार यो प्रतिवेदन सार्वजनिक गरेको हो । विभागले सार्वजनिक गरेको दोस्रो त्रैमासको राष्ट्रिय लेखाअनुसार गत वर्षको पहिलो त्रैमासिकमा सुरु भएको मन्दीबाट अर्थतन्त्र उभिएको हो ।
श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिङ्घेले अर्थतन्त्रमा कृषि, उद्योग र सेवा गरी तीनवटा प्रमुख क्षेत्र रहेको बताए । तेस्रो त्रैमासमा कृषि क्षेत्र ३.० प्रतिशत, उद्योग ०.३ प्रतिशत र सेवा क्षेत्र १.३ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो त्रैमासिकमा १२.६ प्रतिशतले वृद्धि भएपछि गैरकर अनुदान १३.६ प्रतिशतले बढेको थियो । वीरासिङ्घेले सोचेभन्दा पहिले नै आर्थिक वृद्धिदर दर्ता भएको बताए ।
विदेशी मुद्रा सञ्चितिको गम्भीर अभावका कारण श्रीलंका सबैभन्दा खराब आर्थिक संकटको चपेटामा परेको थियो ।
सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक मुलुक सबैभन्दा खराब अवस्थाबाट गुज्रिएको थियो । तर अहिले क्रमशः आर्थिक अवस्थामा सुधार आउन थालेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #श्रीलंकाको आर्थिक वृद्धिदर सकारात्मक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्