मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु
एजेन्सी । मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु भएको छ । मध्यमेक्सिकोको मिचोआकान राज्यको लास टिनाजस शहरमा एउटा पर्वमा गोली चल्दा उनीहरुको मृत्यु भएको सो राज्यको महान्यायाधिवक्ताको कार्यालय (एफजीई) ले जनाएको छ ।
‘तीन जना महिलासहित १६ जनाको शव फेला परेको छ । उनीहरुलाई बन्दुकको गोली लागेको थियो’, एफजीईले भनेको छ ।
आक्रमणमा अरू दर्जनौँ घाइते भएका छन् ।
संघीय अधिकारीहरूले हिंसात्मक कार्यका लागि जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गर्ने उद्देश्यका साथ काम गरिरहेका मिचोआकानको सार्वजनिक सुरक्षा सचिवको कार्यालयले एउटा ट्वीटमा भनेको छ ।
अधिकारीहरुले आक्रमणको कारणबारे केही जानाकारी दिएका छैनन् । मिचोआकान र छिमेकी गुआनाजुआटो मेक्सिकोका दुई हिंसाग्रस्त राज्यहरू हुन् । लागूऔषध र अन्य गैरकानूनी गतिविधिका कारण यी राज्यमा बारम्बार आपराधिक घटना हुने गर्छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्