तटस्थ हैसियतबारे छलफल गर्न युक्रेन तयार : राष्ट्रपति जेलेन्स्की
किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन शान्ति सम्झौताको एउटा अंशको रूपमा तटस्थ हैसियत कायम गर्ने विषयमा छलफल गर्न तयार रहेको बताएका छन् ।
तर, त्यसका लागि जनमत संग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षबाट हुनुपर्ने उनको भनाई छ । स्वतन्त्र रुसी पत्रकारहरुसँगको अन्तवार्तामा उनले सो भनाई राखेका हुन् ।
अन्तवार्ताको समयमा उनले रुसी भाषामा सम्बोधन गरेका थिए । युक्रेन र रुसबीचको अर्को चरणको वार्ता यसै साता टर्कीमा हुने भएको छ । यसअघि रुस र युक्रेनबीच विभिन्न चरणमा भएका वार्ता बिनानिस्कर्ष टुंगिएका थिए ।
यसैबीच, युक्रेनको सैन्य गुप्तचर निकायका प्रमुख काइरयलो बुदनोभले रुसले ‘युक्रेनमा उत्तर र दक्षिण कोरिया’ सृजना गर्न लागेको आरोप लगाएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्