उत्तर कोरियामा खाद्य सङ्कट बढेकोमा नेता किमको चिन्ता
उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देशमा खाद्य सङ्कट बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । शीर्ष नेताहरुको बैठकमा नेता किमले देशको खाद्य अवस्था तनावपूर्ण बन्दै गएको बताउनुभएको बीबीसीले जनाएको छ ।
गएको वर्ष आँधीका कारण आएको बाढीले खेतिपातीमा क्षति भएकाले कृषि क्षेत्रले देशको माग धान्न नसकेको उहाँले बताउनुभयो ।
उत्तर कोरियामा खाद्यान्न, फलफूल र तरकारीलगायतका कृषि उपजको मूल्य धेरै बढेको छ । उत्तर कोरियामा एक किलो केरा स्थानीय तीन हजार वनमा बिक्री भइरहेको बीबीसीले जनाएको छ । उत्तर कोरियाले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आफ्नो सीमा बन्द गरेको छ ।
सीमा बन्द हुँदा चीनसँगको उसको व्यापारिक गतिविधि ठप्प छ । खाद्यान्न, मलखाद तथा उर्जाका लागि उत्तर कोरिया चीनमा निर्भर रहँदै आएको छ । यस्तै परमाणु कार्यक्रमका कारण लागेको अन्तर्राष्ट्रिय प्रतिबन्धले पनि उत्तर कोरिया समस्यामा छ ।
बैठकमा किम जोङले केही समयमै खाद्यान्न अभाव ठूलो समस्याका रुपमा आउने भन्दै मागअनुसारको उत्पादनमा जोड दिने गरी नीति बनाउन सम्बधित अधिकारीलाई निर्देशन दिनुभएको बीबीसीले जनाएको छ । बैठकमा अमेरिका र दक्षिण कोरियासँगको सम्बन्धका बारेमा पनि छलफल सुरु भएको बताइएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #किम जोङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्