दशौँ हजार बेलायती ट्रम्प विरोधी प्रदर्शनमा सहभागी
बेलायतको राजधानी लण्डनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा आयोजना गरिएको प्रदर्शनमा शुक्रबार दशौँ हजार नागरिकले सहभागिता जनाएका छन् ।
बेलायतको यूरोपेली यूनियन (इयू)बाट हुने बहिर्गमन सम्बन्धमा ट्रम्पले बेलायती प्रधानमन्त्री टरिजा मेलाई आलोचना गरेपछि ट्रम्पको यस पूर्व तयभएको चार दिन लामो बेलायत भ्रमण नै तरङ्गीत हुने देखिएको छ ।
“ट्रम्पलाई पदबाट हटाऔँ,” “यो ट्रम्प विरोधी उत्सव हो,” “मेरी आमाले तिमीलाई मन पराउन्नन् ! र उनले सवैलाई मन पराउछिन् ।” जस्ता नारा लेखिएका प्लाकार्डसहित प्रदर्शनकारी अक्र्सफोर्ड स्ट्रिटबाट ट्राफलगर स्क्वाएरतर्फ गएका थिए ।
“प्रदर्शनकारीले ट्रम्प नभए उन्नाइसौँ शताब्दीमा गठन भएको गोराहरूको रङ्गभेदी गोप्य समूह हुने छैन, अमेरिका फाँसीवादी हुँनेछैन ।” जस्ता नाराहरू लगाइएका थिए ।
केही प्रदर्शनकारीले भाँडाहरू ठटाउँदै विरोधमा सहभागिता जनाएका थिए भने केहीले विगुल फुकेर विरोध जनाएका थिए । केहीले ट्रम्प अघि नबढ भन्दै सुन्तला रङका बेलुन समातेर जुलुसमा सहभागिता जनाएका थिए ।
एक महिलाले गुलावी रङको ‘पुसी ह्याट’ लगाएर शुरु गरिएको प्रदर्शनमा “ट्रम्प विरोधी एकता” गठबन्धनका रूपमा अन्य सहभागीले शहरका विभिन्न भागबाट भाग लिएका छन् ।
प्रदर्शनका सहभागी सबैले अमेरिकी राष्ट्रपति ट्रम्पको बे्रक्जिटबारे आएका प्रतिक्रियाको खुलेर कडा शब्दमा विरोध जनाएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #बेलायती ट्रम्प विरोधी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्