साउदी राजा तेल उत्पादन बढाउन सहमत
साउदी अरबका राज सलमानले तेलको उत्पादनलाई बढाउन सहमत हुनुभएको छ ।
तेल उत्पादनका लागि गरिएको आग्रहलाई साउदी राजा सलमानले सहमति जनाएको शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।
संयुक्त राज्य अमेरिकाले आगामी नोभेम्बरपछि इरानविरुद्ध कडा प्रतिबन्ध लगाउन लागेको गत मङ्गलबार अमेरिकाले जानकारी गराएको थियो । अमेरिकी प्रशासनले इरानसँग कारोबार गरेर इरानलाई आर्थिक रूपमा सहज नपार्न आग्रह गरेको थियो । तेल निर्यातकर्ता मुलुकहरूको संगठन (ओपेक) को तेस्रो ठूलो तेल उत्पादकले प्रतिदिन २० करोड ब्यारेल तेल निर्यात गर्ने गरेको सन्दर्भ यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ ।
“अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभयो भखैरै म साउदी राजा सलमानसँग कुरा गरेको छु । इरान र भेनेजुयालामा देखिएको अस्तव्यस्तताका कारण साउदी अरबसँग तेल उत्पादन बढाउन भनेको छु । सम्भवत साउदी अरबले प्रतिदिन २० लाख व्यारेल उत्पादन गर्नेछ । उहाँ सहमत हुनुभएको छ ।”
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #साउदी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्