दक्षिण अफ्रिकाका शिक्षण संस्थाहरु बन्द
१९ साउन ः दक्षिण अफ्रिकाका विद्यालय तथा क्याम्पस लगायत सम्पूर्ण शिक्षण संस्थाहरु बन्द भएका छन् । कोरोना महामारीको संक्रमण बढ्दो रुपमा देखिएका कारण दक्षिण अफ्रिकी सरकारले यहाँका विद्यालय, विश्वविद्यालय तथा सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गर्ने घोषणा यसअघि नै गरेको थियो ।
दक्षिण अफ्रिकामा कोरोना भाइरसको महामारी पछिल्लो समयमा निकै बढ्दै गएको छ । सोही कारण यहाँका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएको यहाँको शिक्षा मन्त्रालयले जनाएको छ । यही जुलाई २७ तारिखदेखि यहाँका विद्यालयहरु बन्द भएका हुन् । यो बन्द आगामी अगष्ट महिनाको अन्त्यसम्म नै कायम रहने अधिकारीहरुले जनाएका छन् ।
सोसम्बन्धी आदेश दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले दिनुभएको बताइएको छ । दक्षिण अफ्रिकामा जुलाई १२ यता देखिको तथ्यांकमा हेर्दा कोरोना भाइरस ठूलो संख्यामा संक्रमण देखिएको बताइएको छ । यहाँ आजसम्ममा ५ लाख ११ हजारभन्दा बढीमा यो संक्रमण फैलिएको पाइएको छ । त्यसैगरी यहाँ ८ हजार भन्दा बढी व्यक्तिको निधन भएको छ ।
यहाँ पछिल्ला दिनहरुमा निकै ठूलो संख्यामा संक्रमण बढ्दै गएको देखिएकोले शिक्षण संस्थाहरु बन्द गर्नुका साथै अरु विभिन्न नियन्त्रणका उपायहरु अपनाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #शिक्षण संस्थाहरु बन्द
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्